सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन काँग्रेसले पुस १३ गते जिल्ला भर प्रदर्शन गर्ने


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १७:३२ 
  • चितवन, १३ पुस । नेपाली काँग्रेस चितवनले यहि पुस १३ गते सरकारको कदमको बिरुद्धमा जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । आज शुक्रबार पार्टी कार्यालय कमलनगरमा सम्पन्न जिल्ला पदाधिकारीहरु, क्षेत्रीय सभापतीहरु, प्रदेश सभापति र नगरसभापतीहरुको बैठकले संघीय, क्षेत्रीय स्तरको प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सरकारले चालेको असंबैधानीक कदम, अलोकतान्त्री कदम र सर्बसत्ता बादी सोचको बिरुद्धमा तीन वटै क्षेत्रमा एउटै समयमा प्रदर्शन गर्न लागिएको हो । संघीय क्षेत्री आयोजनामा हुने प्रदर्शनमा सबै भातृ संस्था, शुभेच्छुक एबं चितवनबासि सबैलाई उपस्थितिका लागि काँग्रेस चितवनले अनुरोध गरेको छ । काँग्रेसका केन्द्रीय कार्यक्रम अनुसार सबै क्षेत्रमा दिउँसो १ बजे आयोजना गरिने सो प्रदर्शनमा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ३४ औं मेलमिलाप दिवसको अबसरमा पुष १६ गते प्रबचन कार्यक्रम गर्ने निर्णय समेत गरेको जोशीले जानकारी दिनुभयो । नेपाली काँग्रेस चितवनको आयोजनामा जिल्ला समन्वय समितिको हलमा विहान ११ः३० बजे हुने कार्यक्रममा काँग्रेसका पूर्ब महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य बद्रि पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.