सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै, निको हुने दर बढ्दै


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १६:२४ 
  • चितवन, १० पुष । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत भाद्रयता उच्च देखिएको संक्रमणदर मंसिरयता भने घट्दै गएको हो । संक्रमितको संख्या घट्दा निको हुने दर भने बढ्दै गएको छ ।

    मंसिर महिनामा संक्रमण दर पछिल्लो ४ महिनायता कै कम पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंसिरमा जिल्लाभर जम्मा ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघी कार्तिकमा संक्रमण दर उच्च देखिएको हो । कार्तिकमा जिल्लाभर २ हजार १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै असोजमा १ हजार ७०६ र भाद्रमा १ हजार १४५ जनमा कोरोना देखिएको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १०५ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै पौष महिनाको दोस्रो साता चलिरहदा जम्मा १४९ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । यो तथ्याङ्कले पौषमा संक्रमण दर झनै कम हुने देखिन्छ ।

    जिल्लामा संक्रमण दर घट्दा निको हुने दर भने बढेको छ । जिल्लाभर अहिलेसम्म ६ हजार २९० जनामा कोरोना पुष्टि भएको छ । जसमध्य निको हुनेको संख्या ५ हजार ९२० पुगिसकेको छ । जस अनुसार चितवनमा कोरोनामुक्त हुने दर ९४.१ प्रतिशत छ ।

    जिल्लाभर हाल जम्मा २६९ जनामा मात्र कोरोना सक्रिय छ । यो कुल संक्रमितको ४.३ प्रतिशत हो । सक्रिय संक्रमित मध्य पनि २४३ जना होम आइसोलेसनमा छन् । जम्मा २७ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् ।

    यस्तै चितवनमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १०१ पुगेको छ । यो कुल संक्रमितको १.६ प्रतिशत हो । जिल्लामा मृतकको संख्या पनि घट्दै गइरहेको छ । मंसिरमा कोरोनाबाट चितवनमा १६ जनाको मृत्‍यु भएको थियो । त्यस अघी भाद्रमा १६, असोजमा २२ र कार्तिकमा ४४ जनाको मृत्‍यु भएको छ । जारी पौष महिनामा अहिलेसम्म जम्मा २ जनाको मृत्‍यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.