सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा विघटनसम्बन्धी न्यायाधीश नपरेको विषयमा कानूनका जानकारहरुको विभिन्न आशंका


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १२:२९ 
  • काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलाश वरिष्ठ न्यायाधीश नपरेको विषयमा कानूनका जानकारहरुले विभिन्न आशंका व्यक्त गरेका छन् । तर, अदालत स्रोतले भने यसलाई स्वाभाविक प्रक्रिया बताएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठता मिचेर न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेर इजलाश तोकेपछि जानकारहरूले यो विषयमा प्रश्न उठाएका हुन् ।

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश नपरेकामा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीशको विवेकमा इजलाश गठन हुने भए पनि विवेक प्रयोगमा मनलाग्दी गर्न नपाइने उनको विश्लेषण छ ।

    ‘न्यायपरिषदले बनाएको रोष्टर मध्येबाट प्रधानन्यायाधीशको विवेकमा संवैधानिक इजलास गठन हुने हो । तर, यो विवेक प्रयोगमा पनि मनलाग्दी गर्न पाइने र जवाफदेही हुनु नपर्ने भन्ने होइन’ अदालती रिर्पोटिङका अनुभवी पत्रकार गाउँलेको प्रश्न छ, ‘वरिष्ठ न्यायाधीश किन परेनन् ? भावी प्रधानन्यायाधीशहरूको बेञ्च हो भने तेजबहादुर केसी कसरी परे ?’

    वरिष्ठतामा प्रधानन्यायाधीश जबरापछि दीपककुमार कार्की छन् । कार्कीपछिका वरिष्ठ न्यायाधीश मीरा खड्का हुन् । तर, जबराले वरिष्ठतम् दुबै न्यायाधीशलाई संवैधानिक इजलासमा राखेका छैनन् ।

    सर्वोच्च अदालत स्रोतले भने संवैधानिक इजलासमा रहने १३ न्यायाधीश मध्येबाट जोसुकैलाई राखेर इजलास  गठन गर्न  पाउने बताउँछन् । स्रोत भन्छ, ‘कतिपय न्यायाधीशहरु विवादास्पद मुद्दामा बेञ्चमा बस्न मान्दैनन्, कसैले विदा लिएका हुन्छन्, यस्तो बेलामा प्रधानन्यायाधीशलाई इजलास गठन गर्न सजिलो छैन ।’

    स्रोतका अनुसार आज अदालतले विपक्षीका नाममा कारण देखाउने र एमिकस क्युरी गठन गर्ने सम्भावना छ । जटिल संवैधानिक प्रश्न भएकाले यो मुद्दाको अन्तिम टुंगो लगाउन चाँडो गर्दा पनि अझै केही साता लाग्न सक्छ ।

    र, मुद्दा हेर्दाहेर्दैको अवस्थामा नरहेको अवस्थामा अर्को बेञ्चमा अरु नै न्यायाधीशलाई राखेर संवैधानिक इजलास गठन हुन सक्ने स्रोतले बतायो ।

    तर, यसअघिको संवैधानिक इजलासमा भने वरिष्ठ न्यायाधीशमध्येकै चारजनालाई राखिएको थियो । संसद विघटनको मुद्दामा भने प्रधानन्यायाधीशले इजलास गठन गर्दा तजबिजी अधिकार प्रयोग गरेका छन् ।

    त्यसो त संवैधानिक इजलास गठन गर्दा प्रधानन्यायाधीश एक्लैले गर्न पाउँदैनन्, न्यायपरिषदको सिफारिसका आधारमा न्यायाधीशहरु तोक्नुपर्ने हुन्छ । पाँच सदस्यीय न्यायपरिषदमा प्रधानन्याधीश चोलेन्द्र समशेर जबरा अध्यक्ष, कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लक्ष्मीबहादुर निराला र रामप्रसाद श्रेष्ठ सदस्य छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.