सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप अनुमतिको पर्खाइमा


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार ११:३९ 
  • काठमाडौं, १० पुस । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुमतिको पर्खाइमा छ । यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको छ । यो खोप विकासको क्रममा भएको परीक्षणको त्रुटिको कारण विवाद देखिएको हो ।

    गत जुन ५ मा तेस्रो चरणको क्लिनिकल परीक्षण चल्दै गर्दा अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले गुपचुपरुपमा कोरोना खोपको परीक्षणमा परिवर्तन गरे । उनीहरुको परीक्षणबारे हालै सार्वजनिक भएको एक कागजातमा शोधकर्ताहरुले परीक्षणमा सहभागी हुने स्वयंसेवकहरुमा नयाँ समूह थप गर्ने निर्णय गरेका छन् ।

    ठूलो समूहमा गरिएको यो परीक्षणमा कुनै एक समूह थप्नुलाई सामान्यरुपमा हेरिएको हुन सक्छ । तर, उनीहरुले खोप लिने मानिसको समूह थप गरिएको विषयलाई गुपचुप राख्नुले भने यो विषय ठूलो बन्न पुग्यो । त्यतिमात्रै होइन, यो खोपको परीक्षणको क्रममा बेलायतमा धेरै मानिसहरुलाई खोपको आधा डोज मात्र दिइएको थियो ।

    नयाँ स्वयंसेवकहरुलाई भने सही डोज दिइनेछ र परीक्षण निरन्तर अघि बढाइएको छ । अहिले धेरैले अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको कोरोना खोपलाई पर्खिरहेका छन् । विशेषगरी बेलायतलाई नै पनि यो खोपको आवश्यकता बढी छ । अहिले बेलायतमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ । सरकारले अक्सफोर्डको खोप १० करोड डोजको लागि सम्झौता गरिसकेको छ ।

    गत नोभेम्बर २३ मा अक्सफोर्डले सकारात्मक समाचार सार्वजनिक ग¥यो । उसले पहिला आधा र पछि पूरा डोज दिएका मानिसहरुमा कोरोना संक्रमण रोक्ने प्रभावकारिता ९० प्रतिशत हुने र दुवैपटक पूरा डोज दिएका मानिसमा भने ६२ प्रतिशत कोरोना संक्रमण नियन्त्रणको प्रभावकारिता हुने बताएको थियो ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो खोप निर्माणको टोलीलाई धन्यवाद दिँदै अक्सफोर्डको खोपको नतिजा उत्साहप्रद रहेको बताएका थिए । यसले आफूहरुको कोरोना नियन्त्रणको कार्यमा महत्वपूर्ण सहयोग मिल्ने उनको भनाइ छ ।

    अहिले अक्सफोर्ड र एक्स्ट्राजेनेकाले आफूहरुले विकास गरेको खोपले केही समयमा नै अनुमति पाउने विश्वास व्यक्त गरेका छन् । तर, उनीहरुको परीक्षण र त्यसको नतिजाको विषयमा देखिएको विवाद भने साम्य भइसकेको छैन ।

    परीक्षणको क्रममा फरक फरक किसिमको डोज दिइनुले उनीहरुको परीक्षणको नतिजामा विश्वास गर्न सकिने अवस्था नरहेको विशेषज्ञहरुको भनाइ छ । परीक्षणको क्रममा ५५ वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा आधा डोजको प्रयोग गरिएको थिएन । जबकी ५५ वर्षभन्दा धेरै उमेर भएका मानिस कोरोनाबाट धेरै जोखिममा रहन्छन् । अमेरिकी कम्पनी फाइजरले आफ्नो परीक्षणको क्रममा ६५ वर्षभन्दा बढी उमेरका हजारौं मानिसमा खोपको परीक्षण गरेको थियो । फाइजरको खोप संक्रमण नियन्त्रणका लागि ९४ प्रतिशत प्रधावकारी देखिएको थियो ।

    जानकारहरु कसरी खोपको परीक्षण भइरहेको छ भन्ने विषयमा सबैलाई जानकारी दिनु जरुरी हुने बताउँछन् । उनीहरुका अनुसार खोप निर्माणको प्रक्रियाबारे दिइएको सबै जानकारीले मानिसहरुमा पनि खोपप्रतिको विश्वास बढाउँछ । हालै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पाएको हजारौं पानाको क्लिनिकल परीक्षणको विवरण तथा वैज्ञानिकहरुसँगको अन्तर्वार्तापछि शोधकर्ताहरुको परीक्षणमा त्रुटि भएको पाइएको हो ।

    अक्सफोर्ड युनिभर्सिटीले भने यो परीक्षण निकै कडा राष्ट्रिय, नैतिक र नियमनकारी व्यवस्थामा आधारित रहेर गरिएको दाबी गरेको छ । परीक्षणको क्रममा गरिएको सबै परिवर्तन तथा सुधार नियामकहरुलाई बुझाइएको र उनीहरुले यस विषयमा अध्ययन गरिरहेको अक्सफोर्डको भनाइ छ । बेलायतको नियमनकारी संस्थाले पनि अहिले खोपको परीक्षणको नतिजाबारे अध्ययन भइरहेकाले यस विषयमा व्याख्या नगर्ने बताएको छ ।

    अक्सफोर्डले खोप विकास गर्ने क्रममा आवश्यक हुने समयमा पनि नियामकलाई जानकारी नदिएको अहिले पाइएको कागजातमा उल्लेख छ । एक्स्ट्राजेनेकाका अधिकारीहरुले खोप परीक्षणको नतिजा सार्वजनिक गर्ने क्रममा डोजमा देखिएको त्रुटिका कारण कसैलाई आधा र कसैलाई पूरा डोज भएको खोप दिएको बताएका थिए । अक्सफोर्डका वैज्ञानिकहरुले भने आधा डोज दिइनु कुनै गल्ती नरहेको बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । यसले यो खोपबारे थप आशंका बढेको छ ।

    यद्यपि विशेषज्ञहरु भने अझै पनि अक्सफोर्डको खोप सुरक्षित रहेकोमा कुनै आशंका नरहेको र यसले विश्वभर कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरुको विश्वास छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.