सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार ०८:०५ 
  • चितवन, १० पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको हो ।

    अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार आधुनिक माइक्रोस्कोप, इबस र लेजर सर्जरी उपकरण भित्रिएका हुन् । उनका अनुसार आधुनिक माइक्रोस्कोपले आँखाले देख्न नसक्ने सानाभन्दा साना शल्यक्रिया गर्न सहज हुनेछ । केही दिनअघिबाट सञ्चालनमा आएको यो उपकरण एक करोड ५० लाखमा खरिद गरिएको हो ।

    यसैगरी इबसले मुखबाट पाइप हालेर शरीरको भित्री भागलाई हेर्न मिल्छ । उनका अनुसार यसले अल्टासाउण्डसमेत काम गर्दछ । शरीरका भित्री भागको फोटो खिचेर देखाउने हुँदा उपचारमा सहज हुने गौतमको भनाइ छ । तीन करोडको लागतमा उक्त उपकरण खरीद गरी जडान गरिएको हो ।

    लेजर सर्जरीले शरीरको बाहिरी भाग नचिरेर नै शल्यक्रिया गर्न सकिन्छ । गौतमका अनुसार यसले भित्री भागमा तोकिएको ठाउँमा गएर रे मार्फत अनावश्यक वस्तु काट्न मिल्छ । मुख्यरुपमा घाँटीको स्वरयन्त्रको क्यान्सर उपचारमा यो प्रविधि प्रभावकारी हुने उनले बताए । तीन करोडमा खरीद गरी जडान गरिएको यो उपकरण केही दिनमै सञ्चालनमा आउँदै छ । लेजर सर्जरीको प्रयोग गरी शल्यक्रिया गरेका बिरामी अस्पतालमा लामो समय बस्नुपर्दैन । बाहिरी घाउ नहुने भएकाले छिटो निको हुने डा गौतमको भनाइ छ । यसबाट बर्सेनि ५० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको छ ।

    उपकरणको अभावमा बिरामी उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । यस्तै अस्पतालले विद्युतीय प्रविधिबाट भुक्तानी सेवा सुरु गरेको छ । व्यवस्थित काउन्टर बनाएर भुक्तानीका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको गौतमले जानकारी दिए । जसले गर्दा बिरामी र आफन्त लाभान्वित भएका छन् ।

    अस्पतालले पछिल्लो समय आकस्मिक कक्ष व्यवस्थित बनाएको जनाएको छ । कोरोना संक्रमणका कारण बिरामीको संख्या केही घटेको भएपछि पछिल्ला दिनमा पूर्ववत् अवस्थामा बिरामी आउन थालेका छन् । बिगतमा बिरामीले व्यहोर्नु परेका झन्झटमुक्त गराएर गुणस्तरीय उपचारका लागि आफू लागिपरेको गौतमले बताए ।

    अस्पतालमा गत वर्ष एक लाख ४५ हजार ७७६ जनाले सेवा लिएका थिए । यहाँ नेपाल र छिमेकी देश भारतबाट क्यान्सरको उपचार गर्न बिरामी आउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.