विक्रमसम्बतको नयाँ वर्ष २०७६ को सबैलाई हार्दिक मंगलमय सुभकामना । देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईसहित सम्पूर्णको जीवन क्रमशः सुखद् बन्दै जाओस् । नयाँ वर्षले समृद्ध नेपाल र सुखी नेपालीको लक्षप्राप्तीको प्रष्ट सन्देशसहित अग्रगामी पाईला अघि बढोस् । नेपाललाई दुर्लभरुपमा प्राप्त यस राजनीतिक स्थायित्वको पूर्णरुपमा सदुपयोग गर्दै सुशासनसहितको विकास र समृद्धिको रणनीतिक मार्गचित्र कोर्दै त्यसलाई प्राप्त गर्ने यात्रामा एक खुटकिलो उक्लिन सकियोस् । यसकार्यमा नेपालको समग्र राजनीतिक नेतृत्व सफल हुन सकोस् । कर्मचारी नेतृत्व र सुरक्षा र विकाश प्रशासनले पनि पूर्ण क्षमता परिचालन गर्न सक्षम होओस् । सबै नेपालीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आओस् । साथै नेपालीको यस प्रयत्नमा नेपालका हितैसीहरुमा पनि नेपाललाई रचनात्मक र सकारात्मक सहयोग गर्ने भावना र उद्देश्यले काम गर्ने वातावरण बनोस् । सबै नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा विक्रम सम्बत् २०७६ को सबैलाई मंगलमय सुभकामना । विक्रमसम्बत् १९९० को दशकदेखि नेपालमा राजनीतिक संचेतना, संगठन र आन्दोलनको उल्लेखनीय पहल र प्रयत्न प्रारम्भ भएको हो । यसको केन्द्रभागमा नेपाली जनता सार्वभौमसत्ता र राजकीय सत्ताको पूर्णतः मालिक बन्ने रणनीतिक लक्ष र योजनाका अनेकौं चरणहरु संयोजित थिए र सोही अनुसार पार हुँदै आए । बिभिन्न राजनीतिक दल, समूह र संगठनहरुले विभिन्न रुप र आकारका संघर्षहरु सञ्चालन गरे । विक्रमसम्बत् १९९०बाट शुरु भएको राजनीतिक परिवर्तनको अर्थपूर्ण आन्दोलनले करिब १७ वर्षपछि वि.सं.२००७ सालमा राणाशासनको अन्त्यगर्दै बहुदलीय व्यवस्थाको अभ्यासको पहिलोपटक प्रारम्भ भई नेपाललाई विश्व सञ्जालमा आवद्ध गर्न र स्वतन्त्र नेपालको पहिचानलाई वाँकी विश्वमा स्थापित गर्न सक्षम भयो । यसलाई नेपालीजनले प्राप्त गरेको पहिलो चरणको महत्वपूर्ण उपलब्धी थियो । यो परिवर्तनमा आन्तरिक मात्र नभइ बाह्य शक्तिको पनि प्रभावकारी भूमिका देखिएको थियो । पृथ्वीनारायण शाहको नेतृत्व र नायकत्वमा वीर नेपालीहरुको वीरतापूर्ण संघर्षले नेपालको परिचयको स्थापना र स्वतन्त्र अस्तित्व रहन सकेको हो । यसमा कुनैपनि प्रकारको विवाद र कुतर्कको स्थान दिईनु हुदैन । यद्यपि आजको युगको आवश्यक्ता र जनचाहना एवम् भावनाको दृष्टिबाट विगतमा उनीलगायतका पुर्खाहरुको योगदानलाई हेर्दा अपूर्ण लाग्नुलाई अस्वभाविक मानिदैन । यसमा सकारात्मक दृष्टिकोण राख्दै त्यसबेलाको भौतिक वा बस्तुगगत अवस्था र सामाजिक चेतनाको आधारमा हेर्ने हो भने उनीहरुको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्न हिच्किचाउनै पर्दैन । यो परिवर्तनमा नेपाली सोच, योजना र भूमिका निर्णायक थियो । विश्व साम्राज्यवादी ताकतले नेपाल निल्नसक्ने यथार्थलाई गहन बोध गरेर चालिएको सुविचारित सोचको परिणाम नै सापेक्षरुपमा नै सही स्वतन्त्र र स्वाधीन नेपालको स्थापना भएको थियो । नेपालमा कांग्रेस र कम्यूनिष्टहरुको पहिलो संयुक्त जनआन्दोलन वि.सं. २०४६ साल फागुन ७ गतेदेखि शुरुभई सोही सालको चैत्र २६ गतेसम्म सञ्चालन भयो । झण्डै उनन्चास दिन चलेको सो आन्दोलनले पहिलोपटक राजतन्त्रलाई जनतासँग सम्झौता गर्न बाध्य बनायो । पहिलो संयुक्त जनआन्दोलनको सफलताबाट प्राप्त संवैधानिक राजतन्त्रात्मक बहुलीय व्यवस्थासहितको नेपाल अधिराज्यको संविधान २०४७ को सम्वैधानिक प्रबन्धलाई दोस्रो महत्वपूर्ण राजनीतिक र संवैधानिक उपलब्धी मानिन्छ । जसले नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता संविधानतः नेपाली जनताको हातमा फिर्ता गर्न सफल भयो । अर्थात विक्रमसम्बत् १९९० को दशकदेखि नेपाली जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको पूर्णतः मालिक बन्ने रणनीतिक लक्षले करिब ४७ वर्षपछि इस्वी सम्वत्र १९९०मा सफलता प्राप्त गर्न सक्यो । यो नेपाल र नेपालीले प्राप्त गरेको दोस्रो महत्वपूर्ण सफलता हो । जुन तत्कालीन राजनीतिक शक्ति सन्तुलनको बाध्यात्मक अवस्थाको स्वभाविक परिणाम थियो । यद्यपि विश्व कम्यूनिष्ट आन्दोलनको अभ्यासबाट प्राप्त अनुभवको मूल्यांकन र विशेषतः आप्mनै अनुभवको आधारमा नेपालको कम्यूनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने कार्यको वैचारिक र सैद्धान्तिक नेतृत्व र मार्गदर्शन जननेता मदन भण्डारीले गरेका थिए । उनको नेतृत्वको तत्कालीन नेकपा मालेले प्रस्तुत गरेका २७ बूँदे प्रस्तावलाई तत्कालीन राजनीतिक शक्ति सन्तुलनको कारण समावेश हुन सकेको थिएन । छयालिस सालको जनआन्दोलनमा छुट्टै मोर्चा बनाएर आन्दोलनमा सहभागी पुष्पकमल दाहालसमेत नेतृत्वको तत्कालीन संयुक्त जनआन्दोलन संयोजन समितिका मागहरु पनि समावेश हुन सकेका थिएनन् । साथै सो संविधानलाई जड वा केही महत्वपूर्ण विषयलाई लोकप्रीय जनमतबाटसमेत अपरिवर्तनीय वा असंसोधनीय बनाइएको थियो । देशको भौतिक र सामाजिक परिस्थिति, वैदेशिक शक्तिहरुको प्रभाव र न्युन जनचेतनाको कारणले तत्कालीन राजनीतिक नेतृत्वले प्राप्त उपलब्धीको रक्षा गर्न सकेन । यसमा विश्वमा ध्रुवीकृत वैचारिक राजनीतिक प्रभाव प्रमुख कारण बन्न गयो । जुनकुरालाई छिचोल्न नसक्ने नेतृत्वको राजनीतिक कमजोरी स्वभाविक बन्न गयो । राजा महेन्द्र र वीपी कोईरालाको व्यक्तित्वको साथै राजनीतिक टकरावले पनि परिस्थितिलाई अन्यत्रै मोड्यो । देशभक्तिलाई केन्द्रमा राखेर आफैंले देशको राजनीतिक समस्याको समाधान गर्नुपर्छ भन्ने एकीकृत चेतको विकास हुने भौतिक र सामाजिक परिस्थिति निर्माण भईनसकेकोले परमुखापेक्षी प्रवृत्तिले निर्णायक भूमिका खेल्यो । जुन प्रवृत्ति नेपाल र नेपालीको लागि दुर्भाग्यपूर्ण सावित भयो । र, यसले नेपालीले ठूलो मूल्य चुकाउनु पर्यो । वीपी कोइराला नेतृत्वको दुईतिहाईको सरकारले थुप्रै महत्वपूर्ण कार्य गरेतापनि राजनीतिक शक्ति सन्तुलनमा उपयुक्त ध्यान पु¥याउन नसक्दाको जगमा तत्कालीन राजा महेन्द्रले कु गरी शक्ति शासन सत्ता हातमा लिए । निरङ्कुश शासन चलाएपनि राष्ट्रिय विकास र स्वतन्त्र राष्ट्रकोरुपमा नेपाललाई विश्वरङ्गमञ्चमा उल्लेखनीय योगदान गरेको कुरालाई आत्मसात गर्नैपर्दछ । भनिन्छ समय, भौतिक परिस्थिति र सामाजिक चेतनाले राजनीतिक नेतृत्वको सोच, शैली र व्यवहारमा क्रमशः सकारात्मक परिवर्तन ल्याउँछ । यो मानवजाति, मानवसभ्यता र विश्व राजनीतिको अनुभवको निचोड एवम् सार हो । मुख्यतः नेपाल र विश्व राजनीतिक इतिहासबाट प्राप्त गरेको सिकाई र उपलब्धी, वि.सं. २०५२ साल फागुन १ गतेदेखि वि.सं.२०६३ साल मंसिर ५ गतेसम्म तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध र तत्कालीन राजा ज्ञानेन्द्रको मुर्खतापूर्ण राजनीतिक कदमको कुशल संयोजन राजनीतिक नेतृत्वबाट हुनसक्यो । नेपाली जनता सार्वभौमसत्ता र राजकीय सत्ताको पूर्णतः मालिक बन्ने रणनीतिक लक्ष विक्रमसम्बत नब्बेसालको ८२ वर्षपछि पहिलो संविधान सभाको कार्य र अनुभवको स्वामित्वसहित दोस्रो संविधान सभा जुन विश्वकै अद्धितिय प्रयोगबाट वि.सं.२०७२ साल असोज ३ गते नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि पूर्णतः पूरा भएको छ । हालसम्म प्राप्त उपलब्धीलाई थप सुदृढ गर्दै अहिलेसम्म विभिन्न पक्षबाट राखिएको असन्तुष्टिलाई सम्बोधन गर्नसक्ने सामथ्र्य नयाँ संविधानले राखेको हुँदा यसको बुद्धिमत्तापूर्ण प्रयोगनै सबै नेपालीको साझा राजमार्ग हुनेमा कुनै आशंका र अन्यौल राखिरहनु बाञ्छनीय देखिदैन । शान्तिपूर्ण र लोकप्रीय जनमत वा निर्वाचनको माध्यमबाट मागहरु पूरा गराउँन वा चाहेको नीति र कार्यक्रम लागु गराउन कुनै पनि राजनीतिक दललाई कुनैपनि अवरोध संविधानमा छैन । नेपालको संविधान विश्वका अन्य कतिपय देशका जस्तो जड वा अपरिवर्तनीय छैन बरु विश्वका उत्कृष्ट लोकतान्त्रिक र समाजवादी चरित्रका संविधानमा भन्दा पनि उदाहरणीय र मौलिक उपलब्धीहरु समेत संस्थागत गरिएका छन् । यो नेपालीले गर्व गर्न लायक पक्ष हो । इमान्दार भएर प्रभावकारी कार्यान्वयन गर्ने क्षमता राजनीतिक नेतृत्वमा देखिन सके साँच्चै नेपालको मुहार नयाँ बन्ने अवसर नेपालीले प्राप्त गरेका छन् । नेपालको वर्तमान संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन सम्पन्न भई संघ, प्रदेश र स्थानीय तहमा गरी ७ सय ६१ सरकारहरुले प्रारम्भिक वर्षको कार्यअनुभव हासिल गरिसकेका छन् । छोटै अवधिको अनुभव किन नहोस यसका सकारात्मक र नकारात्मक दुबै प्रयास, परिणाम र दुरगामी असरहरुसमेत देखिएका छन् । सकारात्मक र रचनात्मक अभ्यास, परिणाम र प्रभावहरुलाई आत्मसात र आन्तरिकीकरण गर्दै बाट अनुभवबाट सिक्दै र अनुकरण र अनुसरण गर्नसक्ने रणनीतिक आत्मविश्वास र दृढ राजनीतिक इच्छाशक्तिको अपरिहार्यता छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नेतृत्वको वर्तमान सरकार र पार्टी नेतृत्व स्वयम्ले त्यतातर्फ व्यवस्थित र योजनाबद्ध पाईला चालेको भन्दै जनतालाई आश्वस्त पार्न कोशिस गरिरहेको पनि देखिन्छ । तर हालसम्मको अनुभव र अवलोकनमा तीनै तहको सरकारको अर्थात राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व र ती क्षेत्रमा खराव प्रवृत्ति, सोच र व्यवहारमा प्रभावकारी लगाम लागिसकेको अवस्था भने देखिइसकेको छैन । प्रधानमन्त्री र संघीय मन्त्री परिषदमा विशेषतः संघीय तहमा विगतका अति सुविधाभोगी, विलासी र भ्रष्टाचारी प्रवृत्ति र व्यवहारको लिगेसीको सफाई अभियानले अझै वास्तविक र जनअपेक्षित परिणाम प्राप्त हुने संकेतमात्र देखिएको छ । त्यसको पूर्ण स्वरुप आउन भने बाँकीनै छ । सम्माननीय राष्टपति विद्यादेवी भण्डारी र सम्मानीय प्रधानमन्त्री ओलीसहितका राजनीतिक नेताहरुले नयाँ वर्षको अवसरमा दिएका शुभकामना सन्देशमा व्यक्त प्रतिवद्धता व्यवहारमा रुपान्तरण हुनसकेमा भने सार्थक परिणाम देखिन सक्नेछ । र, यसलाई मूर्तरुप दिन यसैवर्षको नीति तथा कार्यक्रम र बजेटले समाजवादी राज्यउन्मुख आर्थिकरुपले सम्पन्न वा समृद्ध र सामाजिक न्यायको प्रत्याभूति गर्नसक्नु पर्दछ । अन्त्यमा, इतिहासबाटै प्राप्त खराव संस्कार, प्रवृत्ति र अनुचित व्यवहारहरुको माखेसाङ्लोको जरो नै नउखेली र त्यसको रोकथाम नगरी सुशासनसहितको विकास सम्भव हुँदैन । त्यसका लागि व्यवस्थित रणनीति र समग्र कार्ययोजनाको निर्माण र सोको प्रभावकारी कार्यान्वयनमा उच्च महत्व र प्राथमिकता सबै तहका सरकारहरुले दिनु आवश्यक छ । खराव प्रवृत्ति र व्यवहारको उपचार र नियण्त्रण नगरेसम्म प्रदेशतहमा हाल देखिएको र स्थानीय तहमा विगतदेखि जरा हालेर संस्थागत भएको त्यस्तै भ्रष्ट र खराव प्रवृत्तिहरुलाई नियन्त्रण नगरी भ्रष्टाचाररहित सुशासन कायम हुनसक्दैन । केपी ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रवल बहुमतसहित संघीय समाजवादी फोरमसमेत दुईतिहाईको समर्थनमा बनेको वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको लक्षको पनि तगारो बन्न सक्नेछ । यस तथ्यतर्फ राज्यका सबै अंगहरु विशेषगरी कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासहित सबै संवैधानिक अंगहरुको नेतृत्व र टिमको उदाहरणीय भूमिका अपरिहार्य हुन्छ । त्यसको लागि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी, प्रमुख प्रतिपक्षलगायतका राजनीतिक दल, प्रशाससनयन्त्र, सञ्चारलगायतको नागरिक समाज र आम जनताको समेत महत्वपूर्ण भूमिका रहन्छ । नेपालको राजनीतिक आन्दोलन र सत्ता सञ्चालनको करिब ८६ वर्षे अवधिमा योगदान गर्ने अन्य राजनीतिक नायकहरु दिवंगत कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गणेशमान सिंह, सहाना प्रधान, गीरिजाप्रसाद कोइरालालगायतको हजारौं वीरंगना र वीर शहिद एवम् योद्धाहरुको योगदान रहेको छ । साथै हालसम्म सक्रिय रहेका अन्य मूर्धन्य नेता र कार्यकर्ताहरुको अमूल्य योगदानको कदर गर्नुनै सुशासनसहित विकास, समृद्धि हासिल गर्दै नेपाली जनतालाई सामाजिक न्याय प्राप्त हुने संवैधानिक सुनिश्चिततालाई व्यवहारमा रुपान्तरण गर्नु हो । नयाँ वर्ष २०७६ले यसतथ्यतर्फ सबैपक्षलाई जिम्मेवार र जवाफदेही बन्न उत्प्रेरित गर्न सकोस यही सुभकामना । २०७६ साल वैशाख १ काठमाडौँ
अधिवक्ता मुकुन्दराज दहाल
विक्रमसम्बतको नयाँ वर्ष २०७६ को सबैलाई हार्दिक मंगलमय सुभकामना । देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईसहित सम्पूर्णको जीवन क्रमशः सुखद् बन्दै जाओस् । नयाँ वर्षले समृद्ध नेपाल र सुखी नेपालीको लक्षप्राप्तीको प्रष्ट सन्देशसहित अग्रगामी पाईला अघि बढोस् । नेपाललाई दुर्लभरुपमा प्राप्त यस राजनीतिक स्थायित्वको पूर्णरुपमा सदुपयोग गर्दै सुशासनसहितको विकास र समृद्धिको रणनीतिक मार्गचित्र कोर्दै त्यसलाई प्राप्त गर्ने यात्रामा एक खुटकिलो उक्लिन सकियोस् । यसकार्यमा नेपालको समग्र राजनीतिक नेतृत्व सफल हुन सकोस् । कर्मचारी नेतृत्व र सुरक्षा र विकाश प्रशासनले पनि पूर्ण क्षमता परिचालन गर्न सक्षम होओस् । सबै नेपालीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आओस् । साथै नेपालीको यस प्रयत्नमा नेपालका हितैसीहरुमा पनि नेपाललाई रचनात्मक र सकारात्मक सहयोग गर्ने भावना र उद्देश्यले काम गर्ने वातावरण बनोस् । सबै नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा विक्रम सम्बत् २०७६ को सबैलाई मंगलमय सुभकामना ।
विक्रमसम्बत् १९९० को दशकदेखि नेपालमा राजनीतिक संचेतना, संगठन र आन्दोलनको उल्लेखनीय पहल र प्रयत्न प्रारम्भ भएको हो । यसको केन्द्रभागमा नेपाली जनता सार्वभौमसत्ता र राजकीय सत्ताको पूर्णतः मालिक बन्ने रणनीतिक लक्ष र योजनाका अनेकौं चरणहरु संयोजित थिए र सोही अनुसार पार हुँदै आए । बिभिन्न राजनीतिक दल, समूह र संगठनहरुले विभिन्न रुप र आकारका संघर्षहरु सञ्चालन गरे । विक्रमसम्बत् १९९०बाट शुरु भएको राजनीतिक परिवर्तनको अर्थपूर्ण आन्दोलनले करिब १७ वर्षपछि वि.सं.२००७ सालमा राणाशासनको अन्त्यगर्दै बहुदलीय व्यवस्थाको अभ्यासको पहिलोपटक प्रारम्भ भई नेपाललाई विश्व सञ्जालमा आवद्ध गर्न र स्वतन्त्र नेपालको पहिचानलाई वाँकी विश्वमा स्थापित गर्न सक्षम भयो । यसलाई नेपालीजनले प्राप्त गरेको पहिलो चरणको महत्वपूर्ण उपलब्धी थियो । यो परिवर्तनमा आन्तरिक मात्र नभइ बाह्य शक्तिको पनि प्रभावकारी भूमिका देखिएको थियो ।
पृथ्वीनारायण शाहको नेतृत्व र नायकत्वमा वीर नेपालीहरुको वीरतापूर्ण संघर्षले नेपालको परिचयको स्थापना र स्वतन्त्र अस्तित्व रहन सकेको हो । यसमा कुनैपनि प्रकारको विवाद र कुतर्कको स्थान दिईनु हुदैन । यद्यपि आजको युगको आवश्यक्ता र जनचाहना एवम् भावनाको दृष्टिबाट विगतमा उनीलगायतका पुर्खाहरुको योगदानलाई हेर्दा अपूर्ण लाग्नुलाई अस्वभाविक मानिदैन । यसमा सकारात्मक दृष्टिकोण राख्दै त्यसबेलाको भौतिक वा बस्तुगगत अवस्था र सामाजिक चेतनाको आधारमा हेर्ने हो भने उनीहरुको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्न हिच्किचाउनै पर्दैन । यो परिवर्तनमा नेपाली सोच, योजना र भूमिका निर्णायक थियो । विश्व साम्राज्यवादी ताकतले नेपाल निल्नसक्ने यथार्थलाई गहन बोध गरेर चालिएको सुविचारित सोचको परिणाम नै सापेक्षरुपमा नै सही स्वतन्त्र र स्वाधीन नेपालको स्थापना भएको थियो ।
नेपालमा कांग्रेस र कम्यूनिष्टहरुको पहिलो संयुक्त जनआन्दोलन वि.सं. २०४६ साल फागुन ७ गतेदेखि शुरुभई सोही सालको चैत्र २६ गतेसम्म सञ्चालन भयो । झण्डै उनन्चास दिन चलेको सो आन्दोलनले पहिलोपटक राजतन्त्रलाई जनतासँग सम्झौता गर्न बाध्य बनायो । पहिलो संयुक्त जनआन्दोलनको सफलताबाट प्राप्त संवैधानिक राजतन्त्रात्मक बहुलीय व्यवस्थासहितको नेपाल अधिराज्यको संविधान २०४७ को सम्वैधानिक प्रबन्धलाई दोस्रो महत्वपूर्ण राजनीतिक र संवैधानिक उपलब्धी मानिन्छ । जसले नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता संविधानतः नेपाली जनताको हातमा फिर्ता गर्न सफल भयो । अर्थात विक्रमसम्बत् १९९० को दशकदेखि नेपाली जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको पूर्णतः मालिक बन्ने रणनीतिक लक्षले करिब ४७ वर्षपछि इस्वी सम्वत्र १९९०मा सफलता प्राप्त गर्न सक्यो । यो नेपाल र नेपालीले प्राप्त गरेको दोस्रो महत्वपूर्ण सफलता हो । जुन तत्कालीन राजनीतिक शक्ति सन्तुलनको बाध्यात्मक अवस्थाको स्वभाविक परिणाम थियो ।
यद्यपि विश्व कम्यूनिष्ट आन्दोलनको अभ्यासबाट प्राप्त अनुभवको मूल्यांकन र विशेषतः आप्mनै अनुभवको आधारमा नेपालको कम्यूनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने कार्यको वैचारिक र सैद्धान्तिक नेतृत्व र मार्गदर्शन जननेता मदन भण्डारीले गरेका थिए । उनको नेतृत्वको तत्कालीन नेकपा मालेले प्रस्तुत गरेका २७ बूँदे प्रस्तावलाई तत्कालीन राजनीतिक शक्ति सन्तुलनको कारण समावेश हुन सकेको थिएन । छयालिस सालको जनआन्दोलनमा छुट्टै मोर्चा बनाएर आन्दोलनमा सहभागी पुष्पकमल दाहालसमेत नेतृत्वको तत्कालीन संयुक्त जनआन्दोलन संयोजन समितिका मागहरु पनि समावेश हुन सकेका थिएनन् । साथै सो संविधानलाई जड वा केही महत्वपूर्ण विषयलाई लोकप्रीय जनमतबाटसमेत अपरिवर्तनीय वा असंसोधनीय बनाइएको थियो ।
देशको भौतिक र सामाजिक परिस्थिति, वैदेशिक शक्तिहरुको प्रभाव र न्युन जनचेतनाको कारणले तत्कालीन राजनीतिक नेतृत्वले प्राप्त उपलब्धीको रक्षा गर्न सकेन । यसमा विश्वमा ध्रुवीकृत वैचारिक राजनीतिक प्रभाव प्रमुख कारण बन्न गयो । जुनकुरालाई छिचोल्न नसक्ने नेतृत्वको राजनीतिक कमजोरी स्वभाविक बन्न गयो । राजा महेन्द्र र वीपी कोईरालाको व्यक्तित्वको साथै राजनीतिक टकरावले पनि परिस्थितिलाई अन्यत्रै मोड्यो । देशभक्तिलाई केन्द्रमा राखेर आफैंले देशको राजनीतिक समस्याको समाधान गर्नुपर्छ भन्ने एकीकृत चेतको विकास हुने भौतिक र सामाजिक परिस्थिति निर्माण भईनसकेकोले परमुखापेक्षी प्रवृत्तिले निर्णायक भूमिका खेल्यो । जुन प्रवृत्ति नेपाल र नेपालीको लागि दुर्भाग्यपूर्ण सावित भयो । र, यसले नेपालीले ठूलो मूल्य चुकाउनु पर्यो । वीपी कोइराला नेतृत्वको दुईतिहाईको सरकारले थुप्रै महत्वपूर्ण कार्य गरेतापनि राजनीतिक शक्ति सन्तुलनमा उपयुक्त ध्यान पु¥याउन नसक्दाको जगमा तत्कालीन राजा महेन्द्रले कु गरी शक्ति शासन सत्ता हातमा लिए । निरङ्कुश शासन चलाएपनि राष्ट्रिय विकास र स्वतन्त्र राष्ट्रकोरुपमा नेपाललाई विश्वरङ्गमञ्चमा उल्लेखनीय योगदान गरेको कुरालाई आत्मसात गर्नैपर्दछ ।
भनिन्छ समय, भौतिक परिस्थिति र सामाजिक चेतनाले राजनीतिक नेतृत्वको सोच, शैली र व्यवहारमा क्रमशः सकारात्मक परिवर्तन ल्याउँछ । यो मानवजाति, मानवसभ्यता र विश्व राजनीतिको अनुभवको निचोड एवम् सार हो । मुख्यतः नेपाल र विश्व राजनीतिक इतिहासबाट प्राप्त गरेको सिकाई र उपलब्धी, वि.सं. २०५२ साल फागुन १ गतेदेखि वि.सं.२०६३ साल मंसिर ५ गतेसम्म तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध र तत्कालीन राजा ज्ञानेन्द्रको मुर्खतापूर्ण राजनीतिक कदमको कुशल संयोजन राजनीतिक नेतृत्वबाट हुनसक्यो । नेपाली जनता सार्वभौमसत्ता र राजकीय सत्ताको पूर्णतः मालिक बन्ने रणनीतिक लक्ष विक्रमसम्बत नब्बेसालको ८२ वर्षपछि पहिलो संविधान सभाको कार्य र अनुभवको स्वामित्वसहित दोस्रो संविधान सभा जुन विश्वकै अद्धितिय प्रयोगबाट वि.सं.२०७२ साल असोज ३ गते नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि पूर्णतः पूरा भएको छ ।
हालसम्म प्राप्त उपलब्धीलाई थप सुदृढ गर्दै अहिलेसम्म विभिन्न पक्षबाट राखिएको असन्तुष्टिलाई सम्बोधन गर्नसक्ने सामथ्र्य नयाँ संविधानले राखेको हुँदा यसको बुद्धिमत्तापूर्ण प्रयोगनै सबै नेपालीको साझा राजमार्ग हुनेमा कुनै आशंका र अन्यौल राखिरहनु बाञ्छनीय देखिदैन । शान्तिपूर्ण र लोकप्रीय जनमत वा निर्वाचनको माध्यमबाट मागहरु पूरा गराउँन वा चाहेको नीति र कार्यक्रम लागु गराउन कुनै पनि राजनीतिक दललाई कुनैपनि अवरोध संविधानमा छैन । नेपालको संविधान विश्वका अन्य कतिपय देशका जस्तो जड वा अपरिवर्तनीय छैन बरु विश्वका उत्कृष्ट लोकतान्त्रिक र समाजवादी चरित्रका संविधानमा भन्दा पनि उदाहरणीय र मौलिक उपलब्धीहरु समेत संस्थागत गरिएका छन् । यो नेपालीले गर्व गर्न लायक पक्ष हो । इमान्दार भएर प्रभावकारी कार्यान्वयन गर्ने क्षमता राजनीतिक नेतृत्वमा देखिन सके साँच्चै नेपालको मुहार नयाँ बन्ने अवसर नेपालीले प्राप्त गरेका छन् ।
नेपालको वर्तमान संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन सम्पन्न भई संघ, प्रदेश र स्थानीय तहमा गरी ७ सय ६१ सरकारहरुले प्रारम्भिक वर्षको कार्यअनुभव हासिल गरिसकेका छन् । छोटै अवधिको अनुभव किन नहोस यसका सकारात्मक र नकारात्मक दुबै प्रयास, परिणाम र दुरगामी असरहरुसमेत देखिएका छन् । सकारात्मक र रचनात्मक अभ्यास, परिणाम र प्रभावहरुलाई आत्मसात र आन्तरिकीकरण गर्दै बाट अनुभवबाट सिक्दै र अनुकरण र अनुसरण गर्नसक्ने रणनीतिक आत्मविश्वास र दृढ राजनीतिक इच्छाशक्तिको अपरिहार्यता छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नेतृत्वको वर्तमान सरकार र पार्टी नेतृत्व स्वयम्ले त्यतातर्फ व्यवस्थित र योजनाबद्ध पाईला चालेको भन्दै जनतालाई आश्वस्त पार्न कोशिस गरिरहेको पनि देखिन्छ ।
तर हालसम्मको अनुभव र अवलोकनमा तीनै तहको सरकारको अर्थात राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व र ती क्षेत्रमा खराव प्रवृत्ति, सोच र व्यवहारमा प्रभावकारी लगाम लागिसकेको अवस्था भने देखिइसकेको छैन । प्रधानमन्त्री र संघीय मन्त्री परिषदमा विशेषतः संघीय तहमा विगतका अति सुविधाभोगी, विलासी र भ्रष्टाचारी प्रवृत्ति र व्यवहारको लिगेसीको सफाई अभियानले अझै वास्तविक र जनअपेक्षित परिणाम प्राप्त हुने संकेतमात्र देखिएको छ । त्यसको पूर्ण स्वरुप आउन भने बाँकीनै छ । सम्माननीय राष्टपति विद्यादेवी भण्डारी र सम्मानीय प्रधानमन्त्री ओलीसहितका राजनीतिक नेताहरुले नयाँ वर्षको अवसरमा दिएका शुभकामना सन्देशमा व्यक्त प्रतिवद्धता व्यवहारमा रुपान्तरण हुनसकेमा भने सार्थक परिणाम देखिन सक्नेछ । र, यसलाई मूर्तरुप दिन यसैवर्षको नीति तथा कार्यक्रम र बजेटले समाजवादी राज्यउन्मुख आर्थिकरुपले सम्पन्न वा समृद्ध र सामाजिक न्यायको प्रत्याभूति गर्नसक्नु पर्दछ ।
अन्त्यमा, इतिहासबाटै प्राप्त खराव संस्कार, प्रवृत्ति र अनुचित व्यवहारहरुको माखेसाङ्लोको जरो नै नउखेली र त्यसको रोकथाम नगरी सुशासनसहितको विकास सम्भव हुँदैन । त्यसका लागि व्यवस्थित रणनीति र समग्र कार्ययोजनाको निर्माण र सोको प्रभावकारी कार्यान्वयनमा उच्च महत्व र प्राथमिकता सबै तहका सरकारहरुले दिनु आवश्यक छ । खराव प्रवृत्ति र व्यवहारको उपचार र नियण्त्रण नगरेसम्म प्रदेशतहमा हाल देखिएको र स्थानीय तहमा विगतदेखि जरा हालेर संस्थागत भएको त्यस्तै भ्रष्ट र खराव प्रवृत्तिहरुलाई नियन्त्रण नगरी भ्रष्टाचाररहित सुशासन कायम हुनसक्दैन । केपी ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रवल बहुमतसहित संघीय समाजवादी फोरमसमेत दुईतिहाईको समर्थनमा बनेको वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको लक्षको पनि तगारो बन्न सक्नेछ ।
यस तथ्यतर्फ राज्यका सबै अंगहरु विशेषगरी कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासहित सबै संवैधानिक अंगहरुको नेतृत्व र टिमको उदाहरणीय भूमिका अपरिहार्य हुन्छ । त्यसको लागि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी, प्रमुख प्रतिपक्षलगायतका राजनीतिक दल, प्रशाससनयन्त्र, सञ्चारलगायतको नागरिक समाज र आम जनताको समेत महत्वपूर्ण भूमिका रहन्छ । नेपालको राजनीतिक आन्दोलन र सत्ता सञ्चालनको करिब ८६ वर्षे अवधिमा योगदान गर्ने अन्य राजनीतिक नायकहरु दिवंगत कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गणेशमान सिंह, सहाना प्रधान, गीरिजाप्रसाद कोइरालालगायतको हजारौं वीरंगना र वीर शहिद एवम् योद्धाहरुको योगदान रहेको छ । साथै हालसम्म सक्रिय रहेका अन्य मूर्धन्य नेता र कार्यकर्ताहरुको अमूल्य योगदानको कदर गर्नुनै सुशासनसहित विकास, समृद्धि हासिल गर्दै नेपाली जनतालाई सामाजिक न्याय प्राप्त हुने संवैधानिक सुनिश्चिततालाई व्यवहारमा रुपान्तरण गर्नु हो । नयाँ वर्ष २०७६ले यसतथ्यतर्फ सबैपक्षलाई जिम्मेवार र जवाफदेही बन्न उत्प्रेरित गर्न सकोस यही सुभकामना ।
२०७६ साल वैशाख १
काठमाडौँ