सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार त्रिपाठीलाई ‘स्वतन्त्र राष्ट्रिय अभियान’को केन्द्रीय प्रवक्ताको जिम्मेवारी


  •    /१३ जेष्ठ २०७६, सोमबार २२:२९ 
  • काठमाडौं । भ्रष्टाचार र बिसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रवक्तामा पत्रकार विनोद त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । पत्रकारितासँगै देश र जनताका लागि अभियन्ता बनेर स्वतन्त्र राष्ट्रिय अभियानमा खटिने पत्रकार त्रिपाठीले जनाएका छन् । दलगत पत्रकारिताको खुलेर बिरोध गर्दे आएका त्रिपाठीले समाचार र लेख मार्फत समाजका जोखिम खालका बिसंगतिलाई सत्यको धरातलमा टेकेर उजागर गर्दे आएका छन् ।

    अभियानले सोमबार एक विज्ञप्ति प्रकाशित गरि डेढ दशक भन्दा बढि समय व्यावसायिक पत्रकारितामा लागेका त्रिपाठीले पछिल्लो पटक राष्ट्रिय दैनिकहरुमा कुशलतापूर्वक सम्पादकको भूमिका निर्वाह गरिसकेकाले उनको अनुभव यो अभियानमा प्रभावकारी बन्ने बिश्वास व्यक्त गरिएको छ ।

    अभियानका संयोजक स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा ५१ प्रतिशत मत ल्याउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था, जनचाहना अनुसार काम नगर्नेलाई सांसद, मन्त्री र प्रधानमन्त्रीबाट फिर्ता बोलाउन पाउनुपर्ने व्यवस्था, खर्चिलो निर्वाचन प्रणाली रोक्नुपर्ने कानुन, प्रदेशस्तरका सरकारहरु अन्त्य, स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्ने लगायतका मुद्दाहरुमा प्रवक्ता त्रिपाठीको भूमिका सशक्त रहने अपेक्षा अभियानले लिएको उल्लेख छ ।

    अभियानले अहिलेसम्म ४२ वटा जिल्लामा समिति गठन गरिसकेको जनाइएको छ । हालसम्म विभिन्न पेशागत दर्जन विभागहरु गठन गरेर कुनै पार्टीमा आवद्ध नभएका नेपाली नागरिकलाई समेट्दै आएको छ । यो अभियानले सत्तापक्ष र अन्य अन्यायमा परेका नागरिकलाई गोलबद्ध गर्ने र जनताका प्रत्यक्ष समस्यामा जोडदारले आवाज उठाउने, न्यायका लागि काम गर्ने र भ्रष्ट तथा अपराधीहरुलाई समाजबाट बहिष्कार गर्ने लगायतका जागरणका कार्यक्रम ल्याउने संकल्प गरेको संयोजक नेपालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.