सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको दुवै पक्षको आज केन्द्रीय कमिटी बैठक बस्दै, कार्यविभाजनको जिम्मेवारी आज तोकिने


  •    न्युजभित्तो/९ पुष २०७७, बिहीबार १२:०३ 
  • काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । आजको भेलाले नयाँ केन्द्रीय कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको केन्द्रीय सदस्य दीपक देवकोटाले बताउनुभयो ।

    त्यस्तै आजको बैठकले नेताहरुको कार्यविभाजन, जिम्मेवारी तोक्ने र विधान संशोधनको निर्णय गर्ने तयारी भएको नेता देवकोटाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आजको बैठकपछि पार्टीले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई जोड दिने उहाँले बताउनुभयो ।

    सोहीअनुसार अध्यक्ष प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पनि आज  बस्दैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वीटमा साढे ११ बजे बैठक आव्हान गरिएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा नेताहरुको कार्यविभाजन हुनेछ ।

    त्यस्तै, आजको बैठकले जनपरिचालन तथा आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय गर्ने नेता ज्ञवालीले बताउनुभयो । आजको केन्द्रीय कमिटी बैठकपछि बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमको कार्यक्रम तय हुने पनि उहाँले बताउनुभयो ।

    दुवै पक्षले निर्वाचन आयोगमा कागजात पेश गरिसक्नुभएको छ । कुन पार्टीलाई नेकपाको आधिकारिकता प्रदान गर्ने विषयमा निर्वाचन आयोगले चाँडै निर्णय गर्ने बताएको छ । हिजो बुधबार अध्यक्ष ओली पक्षको प्रदेशस्तरीय भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई जिल्लाको बारेमा व्रिफिङ गर्न लगाइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.