सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


  •    न्युजभित्तो/९ पुष २०७७, बिहीबार ११:०२ 
  • कैलाली,९ पुस।  बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।

    बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा अन्य ३ जना घाइते भएका र २ जनाको अवस्था गम्भीर रहेकोजिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए । उनका अनुसार बैतडी पुर्चाैडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक धामीले बताए ।

    दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.