सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा


  •    न्युजभित्तो/९ पुष २०७७, बिहीबार १०:३२ 
  • काठमाडौँ, ९ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा आएका छन् ।

    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको आ-आफ्नो केन्द्रीय कमिटी बैठकमा बादल उपस्थित भएका थिएनन् ।

    तर उनले बुधबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । त्यसपछि उनी आफूहरुको सम्पर्कमा आउन नचाहेको प्रचण्ड-माधव पक्षका एक नेताले बताएका छन् ।

    स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीसँग आफूलाई पार्टीको सहअध्यक्षसहित दोस्रो बरियता मागेका छन् । तर, त्यहाँ ईश्वर पोखरेलजस्ता सिनियर नेता रहेकाले बादललाई दोस्रो बरियता दिन ओलीलाई अप्ठ्यारो परेको स्रोतले बताउँछ ।

    ओली समूहमा पूर्वमाओवादीबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालगायतका नेताहरु पनि समाहित भएका छन् । केपी ओली उनीहरुलाई कामचलाऊ सरकारको मन्त्री बनाउनुपर्ने दबाबमा छन् ।

    माओवादी जनयुद्धकालमा प्रचण्डका मुख्य सारथी रहेका बादल माओवादी पार्टी फुट्दा प्रचण्डलाई गैरक्रान्तिकारी ठहर गर्दै मोहन वैद्यसँग लागेका थिए । बैद्य समूहको महासचिव बनेका उनी पछि वैद्यलाई छाडेर फेरि प्रचण्डकै पार्टीमा फर्किएका थिए ।

    प्रचण्डसँग फर्किएपछि बादल समूहले देशैभरि पार्टी र सरकार दुबै मोर्चामा राम्रो भाग पाएको थियो । एमालेसँग एकता भएपछि पनि प्रचण्डले उनलाई गृहमन्त्रीको मुख्य जिम्मेवारी दिए । तर, अहिले त्यही मन्त्री पदले बादललाई केपी ओलीसँग नजिक बनाएको बादलकै गुटका नेताहरु बताउँछन् ।

    तीन दिनअघि मन्त्रीनिवास पुल्चोकका बादल समूहका करिब २० जना नेताहरुको बेग्लै भेला भएको थियो । भेलामा बादलले प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमलाई प्रतिगामी कदम भनेका थिए । तर, त्यसको तीन दिनपछि नै उनी ओली समूहतिरै लागेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.