सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरका अधिकांश क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत


  •    न्युजभित्तो/९ पुष २०७७, बिहीबार ०८:३० 
  • हेटौंडा, ९ पुस । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत रहेका छन् ।

    जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन उद्योग रहेका छन् । सबै उद्योग कुनै न कुनै निकायमा दर्ता भएको पाइए पनि हालको वर्तमान मापदण्डभित्र नरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । केही बालुवा उद्योगले उद्देश्यविपरीत क्रसिङको कार्यसमेत पाइएकाले अनुमतिबाहेकका अन्य काम गर्न ती उद्योगलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार ११ वटा क्रसर उद्योग र १४ वटा बालुवा प्रशोधन उद्योग समयावधिभित्र नवीकरण नभएको पाइएको छ । यसैगरी आठ वटा क्रसर उद्योग तथा १८ वटा बालुवा उद्योगले गत आर्थिक वर्ष ०७६÷०७७ को कर चुक्ता नगरेको पाइएको प्रशासनले जनाएको छ ।

    प्रदेश सरकारले २०७५ असोज ३० गते मन्त्रिपरिषद्बाट पास गरेको ‘नदीजन्य पदार्थ सङ्कलन र उपयोग कार्यविधि’ कुनै पनि क्रसर उद्योग मापदण्डमा नभएको हो । उक्त कार्यविधिमा क्रसर उद्योग र बालुवा प्लान्ट सञ्चालन गर्न नदी खोलाका किनारबाट ३०० मिटरभन्दा टाढाको दूरीमा, हाइटेन्सन लाइनबाट १०० मिटर, राजमार्गबाट ३०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक संस्था र सुरक्षा निकायबाट एक किलोमिटरभन्दा टाढाको दूरीमा हुनु पर्नेछ ।

    यस्तै मापदण्डानुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षबाट दुई किलोमिटरभन्दा टाढाको दूरी, घनाबस्तीबाट दुई किलोमिटरभन्दा धेरै दूरी, वन क्षेत्रबाट एक किलोमिटरभन्दा धेरैको दूरी, पक्की पुलबाट ५०० मिटरभन्दा टाढा हुनुपर्ने छ । मकवानपुरमा सञ्चालित सबै बालुवा प्लान्ट उद्योग र क्रसर उद्योग मापदण्डविपरीत पाइएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.