काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभइ घटनामा संलग्नहरु नै रहेको बताउनुभयो ।
मन्त्री थापाले सो घटनामा घाइते भएकाको वीर अस्पताललगायत राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी पनि दिनुभयो । “काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित बुद्धिबहादुर सुनारको कोठामा खानतलासी गर्दा प्रहरीले बाँसका भाटा, ‘विप्लव’ समूहका पर्चा, मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिइएको छ, विभिन्न जिल्लामा शङ्कास्पद वस्तु भेटिएकामा निष्क्रिय पारी स्थिति नियन्त्रणमा लिइएको छ”–उहाँले भन्नुभयो ।
जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको, एक जनाले आत्महत्या गरेको घटनाका विषयमा वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिइ अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
मन्त्री थापाले दार्चुलामा वृद्ध महिलाको निधन भएको घटनामा शङ्कास्पद एकजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
मन्त्री थापाको वक्तव्यपछि जिज्ञासा राख्नुहुँदै सांसद पुष्पा भुसालले सरकार र नेकपा विप्लव समूहले हठ नत्याग्ने हो भने कसरी शान्ति सुरक्षा हुन्छ, मृतक नागरिक होइनन् भने को हुन् भन्ने प्रष्ट पार्न आग्रह गर्नुभयो ।
सांसद खगराज अधिकारीले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न वार्ता र संवाद जारी राख्नुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले शान्ति सुरक्षाको अवस्था नाजुक रहेकाले प्रत्याभूत हुने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद देवेन्द्रराज कँडेलले १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा सरकारले गरेको काम उचित थियो भन्ने वर्तमान सरकारले प्रमाणित गरेको बताउनुभयो । पहिले राजनीतिक माग राखेर विभिन्न घटनामा परी मर्ने नागरिक हुने र आज नहुने कस्तो परिभाषा हो भनी उहाँले प्रश्न गर्नुभयो ।
सांसद महेश बस्नेतले पाँचथर घटनाका दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले आइतबारको घटनाले राजधानीका जनता आतङ्कित भई आज विद्यालय बन्द रहेकाले कसरी शान्ति सुरक्षा छ भन्नुहुन्छ भनी गृहमन्त्री थापासँग प्रश्न गर्नुभयो ।
सांसद लक्ष्मी परियारले आइतबारको विष्फोटमा परी मारिनेहरु नेपाली नागरिक नभए कहाँका हुन्, त्यसको जवाफ माग गर्नुभयो । “हामीले प्रश्न गर्दा सत्तापक्षका सांसदले उत्तर दिनेकि गृहमन्त्रीले”– उहाँको प्रश्न थियो ।
सांसद उमा रेग्मी, देवप्रसाद तिमल्सिना र सुजाता परियारले विप्लव समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भएको साङ्घातिक हमलामा दुई जनाको निधन भइसकेकाले संलग्नलाई कारवाही गरी घाइते बालकको उपचार गर्न माग गर्नुभयो ।
सांसद लक्ष्मणलाल कर्णले वार्ता चलिरहेको भनी गृहमन्त्रीले भन्नुभएकामा आइतबारको घटना त्यसकै परिणाम हो कि होइन भनी प्रश्न गर्नुभयो । पूर्वन्यायाधीश गिरीशचन्द्रलाल संयोजकत्वको कार्यदलको प्रतिवेदन छिटो सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो । सांसद डा मीनेन्द्र रिजालले सरकारले हठ र विप्लव समूहले हिंसा छोडे भने देशमा शान्ति सुरक्षा कायम हुने बताउनुभयो ।
सांसदका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गर्नुभयो । “विष्फोटमा मारिएका सामान्य नागरिक होइनन्, जनता होइनन्, घटना गराउने हुन्, घटना गराउने बम बनाउने क्रममा प्राविधिक त्रुटीले मरेका हुन्, गिरफ्तार भएका प्रमाणसहित पक्राउ परेका छन्”–उहाँले भन्नुभयो ।
सबै घटनामा घाइते भएकालाई सरकारले उपचारको व्यवस्था मिलाएको उल्लेख गर्नुहुँदै मन्त्री थापाले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन भइरहेकाले उचित समयमा सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।