सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाँदै


  •    न्युजभित्तो/८ पुष २०७७, बुधबार १४:०४ 
  • काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् ।

    नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले अनलाइनखबरसँग भने ।

    प्रचण्ड–माधव समूहले आफूहरू दर्ताका लागि आउन लागेको आयोगलाई जानकारी गराइसकेको छ । आयोगका एक सदस्यले भने, ‘उहाँहरू हस्ताक्षर लिएर आउने जानकारी आएपछि हामी पर्खाइमा छाैं ।’

    निर्वाचनमा आयोगमा नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । उनीहरूमध्ये दुई तिहाई केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पोखरेलको दाबी छ ।

    पोखरेल, नेकपाका अर्का नेता सुरेन्द्र पाण्डे, कार्यालय सचिव श्रीराम सुवेदी लगायत आयोग जान लागेका हुन् ।

    बालुवाटार बसेको बैठकपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले समूहले मंगलबारै निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनको जानकारी दिइसकेको छ । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप गरेर प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता चयन गरेको छ ।

    बबरमहलमा पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा बसेको बैठक वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।

    दुबै पक्षले आ–आफ्नो समूह आधीकारिक भएको दाबी गरिरहेका बेला प्रचण्ड–माधव पक्ष हस्ताक्षर सहित आयोग जान लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.