चिनियाँ राजदूतको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट
न्युजभित्तो/८ पुष २०७७, बुधबार १०:४५
काठमाडौं, ८ पुस । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।
संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन । यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।