सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीबाट थपिए ओली समूहको केन्द्रीय सदस्य (सूचीसहित)


  •    न्युजभित्तो/८ पुष २०७७, बुधबार १०:३५ 
  • पोखरा, ८ पुस । पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए ।

    अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने चर्चा र चासोसमेत थपिएको छ । लमजुङका जमिन्द्रमान घले ओली समूहकै केन्द्रीय सदस्य बनेका छन् । उनी पहिले माधवकुमार नेपाल समूहका नेताका रुपमा चिनिन्थे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार भएको छुट्टाछुट्टै भेलाले विभाजनको स्पष्ट चित्रमात्रै कोरेन, तल्लो तहसम्म कित्ताकाट समेत गरेको छ ।

    नेकपाका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेपछि तल्लो तहसम्म पार्टी फुटिसकेको सन्देश पुगेको छ ।

    निर्वाचन आयोगमा अहिलेसम्म एउटै पार्टी रहे पनि तल्लो तहमा पार्टी कार्यालय र कसको प्रभाव बढी हुन्छ भन्ने कुरा हेरिरहेका छन् । आफूहरु नै वैधानिक भएको दुवै पक्षले दाबी गरेका छन् । आधारिक पार्टी कुन हो भन्ने छिनोफानो भने अब निर्वाचन आयोगले गर्ने छ ।

    प्रधानमन्त्री ओलीले मंगलबार १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी नै घोषणा गरेपछि को कता रहेछन् भन्ने प्रष्ट पारेको कार्यकर्ताले बताएका छन् । वामदेव पक्षधर मानिएकी पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी प्रतिनिधि सभा सांसद विद्या भट्टराई पनि ओली समूहको नयाँ केन्द्रीय सदस्य बनेकी छन् ।

    ‘पार्टी विभाजनको पक्षमा म जान सक्दिनँ । मेरो जहाँ नाम आएको छ, मेरो लाइन त्यतै नै हो,’ भट्टराईले भनिन् । प्राप्त सूचनाअनुसार ओली समूहको थपिने नयाँ केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका १ सय ९ जना छन् ।

    जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् ।

    स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्का स्थायी समिति सदस्य तथा गण्डकीका अर्थमन्त्री किरण गुरुङ, केन्द्रीय सदस्य खगराज अधिकारी, संघीय खेलकुदमन्त्री जगत विश्वकर्मा, पोखराका मेयर मानबहादुर जिसी, भीम कार्की लगायत पहिलेदेखि नै ओली समूहमा छन् ।

    पहिलेदेखि नै ओली समूहको प्रभाव बढी रहेको गण्डकी प्रदेशमा उनीहरुका कारण पनि थप सदस्य थपिने अनुमान छ । ‘लिस्ट तलमाथि हुने क्रम जारी छ । गण्डकी प्रदेशमा धेरै जना प्रचण्ड–नेपाल समूहबाट ओली समूहमा हुनुहुनेछ,’ नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले भने ।

    बुधबार हुने प्रदेशस्तरीय भेलाले थप निर्णय र निर्क्योल गर्ने सचिव नेपालीको भनाइ छ । गण्डकी प्रदेशमा ओली समूहको नयाँ केन्द्रीय सदस्य बन्नेमा कास्कीका सबैभन्दा धेरै छन् । कास्कीबाट २६ जना ओली समूहका केन्द्रीय सदस्य थपिएका छन् ।

    यी हुन् ओली पक्षका थपिएका गण्डकी प्रदेशका केन्द्रीय सदस्य

    कास्की

    कृष्ण थापा

    राजीव पहारी

    मीना गुरुङ

    रश्मी आचार्य

    पुण्य पौडेल

    दमोदर बैरागी

    वेदबहादुर गुरुङ

    पुष्पा केसी भण्डारी

    विद्या भट्टराई

    प्रभा कोइराला

    दिलिपविक्रम शाही

    बालकृष्ण काउचामगर

    युवराज पौडेल

    माधव बास्तोला

    तेजनारायण अधिकारी

    मनुमाया खत्री

    अर्जुन सुनाम

    मीत्रकुमारी गुरुङ

    मीनाकुमारी गुरुङ

    केसबहादुर केसी

    दलबहादुर गुरुङ

    क्या.लालकाजी गुरुङ

    लोचन अधिकारी

    सिर्जना शर्मा

    प्रेम न्यौपाने

    मनबहादुर गुरुङ

    मुस्ताङ

    चन्द्रमोहन गौचन

    प्रेम तुलाचन

    कृष्ण गौचन

    छिरिङ ल्हामो गुरुङ

    टासी साङ्गो गुरुङ

    शर्मीला गुरुङ

    मनाङ

    पोल्देन छोतेन गुरुङ

    त्रिपल पी गुरुङ

    शान्तमाया परियार

    लमजुङ

    धनञ्जय दवाडी

    टुका हमाल

    भीष्म अधिकारी

    जमिन्द्रमान घले

    लक्ष्मी अधिकारी

    गुमानसिंह अर्याल

    प्रेम घले

    गोवर्द्धन गौली

    महेन्द्रलाल श्रेष्ठ

    दीपा गुरुङ

    फूलबहादुर गुरुङ

    बमबहादुर थापा

    तनहुँ

    टुकराज सिग्देल

    केदार सिग्देल

    श्रीप्रसाद श्रेष्ठ

    कृष्णकुमार श्रेष्ठ

    भगवती न्यौपाने

    सविता रसाइली

    रामचन्द्र पाध्या

    शेषमणि आचार्य

    दधिराज सुवेदी

    गोरखा

    प्रेम गुरुङ

    कृष्ण नेपाली

    बाबुराम थापा

    सम्झाना देवकोटा

    कमल दानी

    यादव बस्नेत

    सुरेन्द्र थापा

    स्याङ्जा

    सूर्यप्रसाद गैह्रे ‘पारस’

    मीनप्रसाद गुरुङ

    चक्र पराजुली

    मोहन रेग्मी

    सीमा क्षेत्री

    पुण्य भुसाल

    खिम थापा

    मुक्ति पाठक

    नारायण मरासिनी

    सुधिर पौडेल

    देवी थापामगर

    देवी थापा क्षेत्री

    तारा शर्मा

    ताज मोहम्मद मिया

    पर्वत

    विकास लम्साल

    पदम गिरी

    मनोहर विश्वकर्मा पौडेल

    प्रेम लामिछाने

    मेघनाथ सुवेदी

    कल्पना चापागाईं

    रामु गिरी

    यज्ञ सुवेदी

    बागलुङ

    जनक पौडेल

    श्रीप्रसाद शर्मा

    टेकबहादुर केसी

    ममता शर्मा

    गीता शर्मा

    नरबहादुर थापा

    भीमप्रसाद शेरचन ‘सुनील’

    डा. सूर्य पाठक

    हिरा केसी

    मोहनलाल शर्मा

    म्याग्दी

    नरदेवी पुन

    नवराज शर्मा

    हरिकृष्ण श्रेष्ठ

    सन्तोष रावल

    नवलपुर

    रोशन गाहामगर

    चन्द्रमणि खराल

    जीवन श्रेष्ठ

    दीपक अधिकारी

    जनकलाल श्रेष्ठ

    चन्द्रा पुन

    पद्मा जिसी श्रेष्ठ

    कृष्ण घिमिरे

    घनश्याम कोइराला

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.