चितवनको चौबीसकोठीमा केपी ओलीको समर्थनमा दीपावली र प्रदर्शन
न्युजभित्तो/७ पुष २०७७, मंगलवार २१:४३
चितवन, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज मंगलबार भरतपुरको चौबीसकोठीमा प्रदर्शन भएको छ । ओलीका समर्थकहरुले भरतपुरस्थित चौविसकोठीमा साँझ दीपावली गरेसंगै प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओली जिन्दाबाद, नेकपा जिन्दावाद, भोट के मा ? सूर्यमा, जबज जिन्दावाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दीपावलीको सुरुवात गर्दै नेकपाका युवा नेता कमलराज पाठकले देशलाई समृद्ध बनाउन ओलीले पार्टी एकता गरेको भन्दै छोटो समयमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले देश र जनताको भन्दा पदको लोभका कारण नेकपा जटिल मोडमा पुगेको बताउनुभयो । उहाँले पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष ओलीलाई साथ दिन आग्रह गर्नुभयो ।
उहाँले प्रश्न गर्नुभयो– “माधव कमरेड तपाई प्रचण्डको साथ लागेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलको मलामी जाने की, कम्युनिष्ट आन्दोलन जोगाएर देशलाई समृद्ध बनाउन तर्फ उन्मुख केपी ओलीको साथमा रहेर अघि बढ्ने ?”
सो अवसरमा युवा नेता देव पाठकले देशलाई द्वन्द्वमा धकेलेर उदाएका प्रचण्डले नेकपालाई समाप्त पार्ने गरी अघि बढिरहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको पद चाहनेले जनतासँग जान डराउन नहुने बताउनुभयो । सो अवसरमा चौबीसकोठीचोकमा मैनबत्ती बालेर केपी ओलीले चालेको कदमको समर्थन जनाईएको हो ।