सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेस माडी नगरसमितिले गर्यो काँग्रेस चितवनका ३६ जना नेतालाई सम्मान


  •    न्युजभित्तो/७ पुष २०७७, मंगलवार १७:०७ 
  • चितवन,पौष ०७।  २०४६ सालको जनआन्दोलनको पूर्ब तयारीका समयमा गिरफ्तारीमा परेका नेताहरु सहित नेपाली काँग्रेस माडी नगरसमितिले ३६ जनालाई सम्मान गरेको छ । सम्मानीति हुनेहरुमा तत्कालिन नेताहरु रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ्, डा. सूर्यकान्त घिमिरे, नारायण दाहाल, धनरा दुरा, कुशल दुरा, चित्र वहादुर दुरा सहित अन्य रहेका छन्।

    आन्दोलनको तयारीका क्रममा माडीको गोविन्द बस्तिमा चित्र वहादुर दुराको घरमा वैठक सबसिरहेको अबस्थामा तत्कालिन शाहि नेपाली सेनाले गिरफ्तार गरि राज्यलाई बुझाएको दिनको सम्झनामा उनीहरुलाई सम्मान गरिएको हो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उहाँहरुलाई सम्मान गर्नु भएको थियो ।

    सो अवसरमा बोल्ने काँग्रेस चितवनका नेताहरुले अलोकतान्त्रीक ओली सरकारको बिरुद्धमा सबै एक भएर लाग्नु आबश्यक रहेको बताउनुभयो । जुन सुकै समयमा पनि पार्टीले सरकार बिरोधि गतिबिधि गर्न सक्ने भन्दै उनीहरुले सबैलाई निरङ्कुश ओली सरकारको बिरुद्ध जुट्न उहाँहरुले आव्हान गर्नु भयो । सरकारले अहिले अलोकतान्त्रीक निर्णय गरेको भन्दै उहाँहरुले सरकार अधिनायक बादको बाटोमा हिडिरहेको बताउनुभयो ।

    नेपाली काँग्रेस माडी नगरसमितिका सभापति कमल भूषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ, पूर्ब सभापतिहरु रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ काँग्रेसका नेताहरु सबिता वराल, साजन महत्व लगाएतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.