सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष ओलीको दाबी : चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं


  •    न्युजभित्तो/७ पुष २०७७, मंगलवार १४:१६ 
  • काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए ।

    आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    हाल कायम रहेका ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए ।

    अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको ओलीले बताए । उनले अघि भने, ‘चुनाव हुनेमा कुनै दुविधा नराख्नुहोला । हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’ मध्यावधि चुनाव हाल घोषित मिति १७ र २७ गरी दुई चरण वा १७ गते एकै चरणमा चुनाव हुनसक्ने उनले बताएको केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.