सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड–ओली पक्षको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै


  •    न्युजभित्तो/७ पुष २०७७, मंगलवार १०:०७ 
  • काठमाडौं, ७ पुस । औपचारिक रुपमा विभाजनको मुखमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ । ओली पक्षको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए पनि झण्डै एक घण्टा ढिलो गरी सुरु भएको छ । प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ ।

    प्रचण्ड पक्षका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले ओलीलाई कारबाही गर्ने निर्णय यसअघि नै स्थायी कमिटीको बैठकबाट भइसकेकाले त्यो निर्णयलाई आजको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताए ।

    संसद विघटन गर्ने निर्णयलगत्तै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.