सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘घुमौँ सौराहा अभियान’ शुरु गरिने


  •    न्युजभित्तो/७ पुष २०७७, मंगलवार ०९:५६ 
  • चितवन, ७ पुस । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो ।

    क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा अभियान शुरु गरिँदैछ । सङ्घका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो । आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेजसहित कार्यक्रम गरिँदैछ । अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर र पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उहाँले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ सौराहा अभियान’ शुरू गर्न लागेको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

    अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरमा सौराहासँग सम्बन्धित प्रस्तुति, भिडियो र वन तथा वन्यजन्तुका तस्बिर प्रदर्शन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौँ ।” अभियान पहिलो चरणमा प्रदेश नं १ र २ एवं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिनेछ ।

    क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका घिमिरेले नेपाल सरकारले सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहँदा यो कार्यक्रमले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । अभियानलाई नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाले सहयोग गरेका छन् ।

    गत वर्षहरुमा सङ्घले भारतीय सीमा क्षेत्रका शहरमा पुगेर यसरी नै पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरेको थियो । कोरोना सङ्क्रमणका कारण यस वर्ष कार्यक्रम नेपालका शहरमा केन्द्रित गरिएको हो । गएको चैत पहिलो साताबाट बन्द भएका सौराहाका होटल, रेष्टुरेन्ट दशैँपछि खुलेका भए पनि पर्यटकको आगमन न्यून रहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा आन्तरिक पर्यटकले पर्यटन उद्योग बचाउनुपर्छ ।” सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.