सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा विघटनविरुद्ध शान्ति समाजको देशव्यापी प्रदर्शन


  •    न्युजभित्तो/७ पुष २०७७, मंगलवार ०८:३९ 
  • काठमाण्डौं, ७ पुस । मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै आन्दोलन प्रारम्भ गरेको छ ।

    सिंहदरबार दक्षिणढोका अगाडि समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहामगर, काठमाडाँै शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी अमृतजङ्ग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    प्रतिगमनविरुद्ध समाजको आन्दोलनका क्रममा पुस ५ गते दाङ शाखाको आयोजनामा तुलसीपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको जनाइएको छ । देशभरका शाखाले पनि प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शनको क्रमलाई निरन्तरता दिने समाजले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.