सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वराष्ट्रपति यादव भन्नुहुन्छ-राष्ट्रपति चुक्नुभयो, सर्वोच्चको ध्यान पुगोस्


  •    न्युजभित्तो/६ पुष २०७७, सोमबार १४:२७ 
  • काठमाडौं, ६ पुस । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहत भएको उनले बताए ।

    यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ ।’ सरकारको सिफारिस र राष्ट्रपति सदर गर्ने निर्णय राजनीतिक, संवैधानिक र नैतिक रुपमा अमिल्दो रहेको उनले बताए । ‘नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छ,’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’

    जनताको सर्वोच्च निकाय संसदबाटै समस्याहरूको छिनोफानो गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.