चितवन, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले देशी विदेशी शक्तिको चलखेलपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले कदम चाल्नु भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको बताउनु भएको हो ।
उहाँले यो कदम क्षणिक रुपमा अलोकप्रिय भए पनि मुलुकको हितमै रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गर्नुभएको छ ।
बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो “आफ्नै पार्टीका नेताहरुले देशी विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले मेरो पार्टीलाई मिलाउन सकिन र, नकारात्मक भूमिका भएका शक्तिहरु संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गर्नु भएको हो । यो उहाँको बाध्यात्मक कदम हो ।”
उहाँले पार्टी एकता भंग भएको जस्तो देखिएको बताउँदै भन्नुभयो “अब साबिकको एमाले र साबिकको माओवादीतिर जान सक्छ ।” त्यसो भए प्रधानमन्त्रीले साबिकको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनु हुन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो “‘खुमलटारको बैठकले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।” उहाँले प्रधानमन्त्रीको निर्णयलाई अदालतले पनि सदर गर्नु बताउनुभयो ।