सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको पक्षमा उभिए रामबहादुर थापा र लेखराज भट्ट


  •    न्युजभित्तो/५ पुष २०७७, आईतवार १७:०० 
  • काठमाडौं, ५ पुस । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् ।

    प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएको घोषणा गरेका छन् ।

    तर पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएनन् । अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।

    बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.