सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजमा अत्याधुनिक स्प्याक्टसिटी मेसिन भित्रियो


  •    न्युजभित्तो/५ पुष २०७७, आईतवार १४:३२ 
  • चितवन, ५ पुस । चितवनमा अत्याधुनिक स्प्याक्टसिटी (SPECT/CT) मेसिन भित्रिएको छ । चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको हो । चितवन मेडिकल कलेजले उक्त प्रविधि भित्र्याएको हो ।

    कलेजले यस किसिमको अत्याधुनिक उपकरण नेपालमा पहिलो पटक आफूले भित्र्याएको कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले दावी गर्नुभयो । उहाँका अनुसार यसको पुरानो मोडेल नेपालका केही अस्पतालहरुमा भएपनि पछिल्लो मोडेल छैन । यस उपकरण जडानसँगै काठमाण्डौं उपत्यका सहित देशैभरबाट उपचारका लागि बिरामी आउने उहाँको भनाई छ । जर्मनीमा बनेको सिमोन कम्पनीको उक्त उपकरण नौ करोड रुपैयाँमा खरिद गरिएको जनाईएको छ । मेसिन ल्याउन र जडान गरी सञ्चालन गर्दा १४ करोड रुपैयाँ खर्च भएको उहाँले न्युजभित्तोलाई जानकारी दिनुभयो ।

    यस सेवा सुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गाैला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अंगको गहन जाँच हुने कलेजका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा.जीवन पौडेलले बताउनुभयो । उहाँका अनुसार चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामीहरु यसबाट लाभान्वित हुने छन् । थाइराइड क्यान्सर लगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “थाइराइडका गलगाँडको बिना अपरेशन सफल र स्थापित उपचार हुन्छ ।”

    उहाँले थप्नुभयो “स्प्याक्टसिटीले शरीरका भित्री अंगहरुको अवस्था मात्रै नभएर अंगहरुले कति प्रतिशत काम गरेका छन् भन्ने जानकारी दिन्छ ।” यस सेवा अन्तर्गत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नशाबाट दिएर त्यसबाट निष्कने गामा विकिरणलाई स्प्याक्टसिटी (SPECT/CT) को माध्यमबाट जाँच हुन्छ । जसबाट शरीरका विभिन्न अंगहरुको गहन जाँच सम्भव हुने डा. पौडेलको भनाई छ । थाइराइडका क्यान्सरको समेत शल्यक्रिया नगरी पूर्णरुपमा सफल उपचार हुने उहाँले दावी गर्नुभयो ।

    न्यूक्लियर मेडिसिन (नाभकिए चिकित्सा) मा विद्यावारिधि गर्नुभएका डा.अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी उपचार गर्न यहाँ आउने बताउनुभयो । भारतमा पनि यो मेसिनको पछिल्लो भर्सन आईनसकेको उहाँले दावी गर्नुभयो ।

    कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभकिय चिकित्सा) सुरु भएसँगै अस्पतालमा थाइराइडको कम्प्रेहेन्सिभ थाईराईड केयर क्लिनिक सञ्चालन गर्न लागिएको बताउनुभयो । जसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सर लगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.