सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपतिले संसद विघटनबारे पुनर्विचार गर्नुस् भन्नुपर्छ : दमननाथ ढुंगाना


  •    न्युजभित्तो/५ पुष २०७७, आईतवार १२:१८ 
  • काठमाडौं, ५ पुस । राष्ट्रपतिले संसद विघटनको सिफारिस पुनर्विचार गर्न पठाउनपर्ने पूर्व सभामुख दमननाथ ढुंगानाले बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर नयाँ जनादेशमा जाने घोषणा गरेका थिए । संसद विघटनको सिफारिस लिएर उनी शीतल निवास पनि पुगेका छन् ।

    पूर्व सभामुख ढुंगानाले भने संसद विघटनको सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टीले लोकतन्त्र चलाउन नजान्नु भएको प्रतिक्रिया दिए । ‘यति सुविधाजनक बहुमत हुँदा पनि संसद विघटन गर्न सिफारिस गर्नु भनेको कम्युनिस्ट पार्टी र प्रधानमन्त्रीले लोकतन्त्र र संसद चलाउन नजान्नु हो’ उनले भनेका छन् ।

    ढुंगानाका अनुसार संविधानले संसद विघटनलाई एक प्रकारले निषेध नै गरेको छ । संसद विघटनाका संविधानले यति धेरै शर्तहरु राख्दा पनि संसद विघटन गर्नुपर्ने कस्तो परिस्थिति सृजना भएको होला ? उनले प्रश्न गरेका छन् ।

    संविधान अनुसार संसद विघटन गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रपतिले हेर्नुपर्ने उनले बताए । उनले अघि भने, मेरो विचारमा राष्ट्रपतिले पुनर्विचार गर्नुस् भनेर पठाउनु राम्रो हुन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
    • ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
    • हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.