सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त


  •    न्युजभित्तो/५ पुष २०७७, आईतवार १२:०० 
  • चितवन, ५ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार छनोट समितिले सिफारिस गरेका नाममध्येबाट डीन नियुक्त गरिएको हो । सोअनुसार कृषि सङ्कायमा प्रा जयप्रकाश दत्त र पशु विज्ञानमा प्रा डा होमबहादुर बस्नेतलाई नियुक्त गरिएको छ । कृषिमा प्रा डा अरविन्दकुमार श्रीवास्तव र प्रा डा अर्जुनकुमार श्रेष्ठसहित तीन जनाको नाम सिफारिस भएको थियो । त्यस्तै पशुविज्ञानमा प्रा डा सुमिला राई र प्रा डा भूमिनन्दन देवकोटासहित तीन जनाको नाम सिफारिस भएको थियो । दुवै सङ्कायमा सातसात जनाको आवेदन परेको थियो । तीमध्येबाट छनोट समितिले तीन जना सिफारिस गरेको हो ।

    प्रा डा रेग्मीले सिफारिस भएका नामबाट कार्यकारी परिषद्ले डीन नियुक्त गरेको जानकारी दिनुभयो । त्यसैगरी अनुसन्धान निर्देशकमा प्रा डा अर्जुनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठ यसअघि सोही विश्वविद्यालयको योजना निर्देशक रहनुभएको थियो । अनुसन्धान निर्देशक प्रा डा नवराज देवकोटा गण्डकी प्रदेश सरकारको विश्वविद्यालयमा उपकुलपति भएपछि सो पद रिक्त रहेको थियो ।

    यसैगरी विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त गर्न आह्वान गरेअनुरुप ११ जनाको आवेदन परेको छ । रेग्मीका अनुसार तीमध्येबाट तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने तयारी गरिएको छ । छनोट समितिले ११ जनामध्येबाट तीन जनाको नाम उपकुलपतिलाई सिफारिस गरेको बुझिएको छ । हाल नाम सार्वजनिक गर्न रेग्मीले अस्वीकार गर्नुभयो । सो विश्वविद्यालयमा रजिष्ट्रार पद गत माघ १२ गतेदेखि रिक्त छ । सोका कारण विश्वविद्यालयसभासमेत हुन सकेको छैन । यता नियिुक्त चित्तबुझ्दो नभएको जनाउँदै विश्वविद्यालयको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । सो सङ्गठनले एकलौटी रुपमा नियुक्ति गरेको जनाउँदै उपकुलपतिको राजीनामा माग गरेको छ । उपकुलपति रेग्मीले भने सबै प्रक्रिया पूरा गरेर आफूले नियुक्ति अघि बढाएको बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.