सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद विघटनको सिफारिस संविधान विपरीत : डा. बाबुराम भट्टराई


  •    न्युजभित्तो/५ पुष २०७७, आईतवार ११:१९ 
  • काठमाडौं, ५ पुस । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । साथै उनले यसको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ ।

    जसपा नेता भठ्टराईले पनि यसले लोकतन्त्रिक मूल्य मान्यता र संविधान विपरीत भएको बताए । ‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिससभाको कार्यकाल ५ वर्ष किटन नगरिएको छ । विगतको अपस्थरतालाई ध्यान दिँदै संसद विघटन गरेर अस्थिरता निम्त्याउने नदिन प्रावधान राखेका थियौं’ उनले भनेका छन्, त्यस विपरित प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको खबर प्राप्त भएको छ, यो अत्यन्त दुःखद छ ।’

    यसले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको पनि धज्जी उडाएको भट्टराईले बताए । उनले अघि भने, यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरित छ ।’

    दुई तिहाई नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैर जिम्मेवारपूर्ण हर्कत भएको भन्दै उनले भने, ‘यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.