सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमाको किरिया गर्दै महिला अधिकारकर्मी मीना खरेल


  •    न्युजभित्तो/४ पुष २०७७, शनिबार ०८:१९ 
  • चितवन, ४ पुस । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । १६ वर्ष अघि उहाँले बाबुको किरिया गरेसँगै यो कर्म गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यता तोडिदै आएको थियो । त्यस यता धेरै छोरीहरुले बाबु आमाको किरिया गर्ने गरेका छन् ।

    छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसंगै आमाको किरिया बस्नुभएको हो । गत मंसिर २३ गते ८६ बर्षको उमेरमा आमा झगडी खरेल (पार्वती) को मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसंगै कोरामा बस्नुभएको हो । समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यता आफू किरिया बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबुआमाप्रति छोरा छोरी दुवै बराबर अधिकार र जिम्मेवारी रहन्छ ।”

    मीनाले आमाको शवको अन्तिम संस्कार गर्नुभयो, चितामा दागवत्ती दिनुभयो, सेतो कपडा लगाएर कोरामा बस्नुभएको छ । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले दिएको थिएन । यद्यपी मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्युसंस्कार गर्नुभयो । त्यसपछि हिन्दुसंस्कार अनुसार बाबुको श्राद्ध मीना आफैले गर्दै आउनुभएको छ ।

    ५५ बर्षिया अविवाहित मीनालाई यसपाली भने किरियामा बस्न परिवारले रोकेन । पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो ।” अधिबक्ता फुलमाया रानाभाटले भन्नुभयोे, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।”

    भरतपुर महानगरपालिका ४ लकु घर भएकी स्वर्गीय पार्वती खरेलका ९ छोरी र ३ छोरा हुनुहुन्छ । स्वर्गीय खरेल आफै पनि सामाजिक अभियानमा तल्लिन हुनुहुन्थ्यो । जिल्लामा परिचित खरेल आमाको किरियामा बसेपछि उहाँलाई भेट्न घरमा पुग्नेहरुको लर्को देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.