जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल सहित तीन उपाध्यक्ष निर्वाचित
न्युजभित्तो/४ पुष २०७७, शनिबार ०८:१०
चितवन, पुस ४ । नेपाल जेसीजको ४७ औं राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद भुषाल, राष्ट्रिय उपाध्यक्षमा अनोज जोशी र प्रमिसा काफ्ले निर्वाचित हुनु भएको छ । शुक्रबार भएको मतदानबाट खनाल, भुषाल, जोशी र काफ्ले भारी मतान्तरका साथ विजयी हुनु भएको हो ।
खनालले निकटम प्रतिद्धन्द्धी लालमणि भण्डारीलाई पराजित गर्न सफल हुनुभएको हो । खनालले एक हजार ९० मत प्राप्त गर्नुभएको छ भने भण्डारीले ५१२ मत प्राप्त मात्रै प्राप्त गर्न सफल हुनु भयो ।
यसैगरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा चितवनकै शिवप्रसाद भुषाल, राष्ट्रिय उपाध्यक्षमा अनोज जोशी र प्रमिसा काफ्ले निर्वाचित हुनु भएको छ । रुपन्देहीको भलबारीमा शुक्रबार नेपाल जेसीजको आयोजना तथा भलवारी जेसीजको आतिथ्यतामा सम्पन्न भएको अधिवेशनको मतगणना परिणाम राती अबेर आएको हो ।