निकुञ्जमा अर्नाको बच्चा जन्मियो, हात्ती र गैंडाको बच्चा मरे
न्युजभित्तो/३ पुष २०७७, शुक्रबार २१:४०
चितवन, ३ पुस । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैंडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन् केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाको बच्चा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । लिंग पहिचान हुन नसकेको उक्त अर्ना खुल्ला खोरका झाडीमा देखिएको जनाईएको छ ।
सरकारको विसं ०७१ को निर्णयानुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालिन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन् । नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।
यहाँ स्थानान्तरणपछि यो सहित ६ वटा बच्चा जन्मिएका छन् । गत वर्ष जन्मिएकामध्ये तीन भाले (पाडो) र एक पोथी (पाडी) छन् । यस वर्ष जन्मिएको दुवैको लिंग पहिचान हुन सकेको छैन । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।
यस्तै निकुञ्जको हात्ती तालिम तथा प्रजनन् केन्द्र खोरसोरमा मंसिर १६ गते जन्मिएको हात्तीको बच्चाको मृत्यु भएको छ । सो छावीको रोगका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । अधिकारीका अनुसार उक्त छाविको मृत्युको विस्तृत अध्ययनका लागि नमूना संकलन गरी भेटेनरी शाखामा पठाईएको छ ।
यसैगरी शुक्रबार निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनको बिजुली घोल क्षेत्रमा करिब ४÷५ महिनाका गैंडाको बच्चा मृत फेला परेको छ । उक्त बच्चा बाघको आक्रमणबाट मृत्यु भएको हुन सक्ने अधिकारीको भनाई छ । यो सहित चालु आर्थिक वर्षमा १८ वटा गैंडा निकुञ्जले गुमाउनु परेको छ । त्यस मध्ये १४ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा चोरीशिकारीले मारेका हुन् ।