चितवन, ३ पुस । अत्याधिक रगतको माग हुने चितवनमा आज शुक्रबारबाट घुम्ती रक्त संकलन गर्ने बस सेवा शुरु भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बसमा बसेर रक्तदान गरी शुभारम्भ गर्नुभएको हो ।
भतपुर महानगरपालिकाको समन्वयमा गैरआवासीय नेपाली संघबाट सहयोग प्राप्त रक्त संकलन गर्ने घुम्ती बस हस्तान्तरण कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको हो ।
कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उपाध्यक्ष डा. बद्रि केसीले भरतपुर महानगर प्रमुख दाहाललाई बसको साँचो हस्तानान्तरण गरेपछि महानगर प्रमुख दाहालले रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेललाई हस्तानान्तरण गर्नुभएको थियो ।
सो अवसरमा महानगर प्रमुख दाहालले मेडिकल सिटिको कुरा मात्रै गरेर नहुने भन्दै काम गरेर देखाउने समय आएको बताउनुभयो । महानगरले अहिले विकास निर्माणका कामसँगै शिक्षा र स्वास्थ्यलाई महत्वका साथ अघि बढाई रहेको उहाँको भनाई थियो ।
सो अवसरमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देश विकासका लागि अहिले सकल्पको आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “व्यक्ति सम्बृद्ध भएर हुँदैन राष्ट्र सम्बृद्ध हुनुपर्छ । यसका लागि संकल्पको खाँचो छ ।”
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष सिताराम कोईराला, चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्र खड्का लगायतले बोल्नु भएको थियो । यसैगरी नेपाली काङ्ग्रेस चितवनका सहसचिब सूर्य अर्याल, गैर आवासीय नेपाली संघका सचिव आरके शर्मा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेल लगायतले बस आएसँगै रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
रक्तदानका लागि आबश्यक पर्ने अत्याधुनिक सुबिधा सम्पन्न उपकरण जडान गरिएको बस बागमती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको रक्त सञ्चार केन्द्रका प्रमुख पौडेलले जानकारी दिनुभयो । बस भित्र रक्तदान गर्ने ठाउँ, प्रेसर नाप्ने ठाउँ, रक्त संकलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भएसँगै बस भित्रै घुम्ती रक्तदानका कार्यक्रमहरु गर्न सहज हुने उहाँको भनाई छ ।
एनआरएनले भारतीय ३५ लाख रुपैयाँमा उक्त बस खरिद गरेको हो । सरकारले भन्सार लगायतका कर छुट दिएको छ ।