सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दर्ता बिना सञ्चालित चितवन मुटु अस्पतालसँग लिखित स्पष्टीकरण माग


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार १७:४१ 
  • चितवन, ३ पुस । दर्ता नगरी सञ्चालन भएको भरतपुरको चितवन मुटु अस्पताल बन्द गर्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय चितवनले निर्देशन दिएको छ । सो अस्पताल दर्ता नगरी सञ्चालन भएको भन्ने समाचार न्यूजभित्तोमा प्रकाशित भएपछि प्रशासनको ध्यानाकर्षण भएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले समाचार हेरेपछि स्वास्थ्य कार्यालय चितवनलाई तत्काल बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले अस्पताल दर्ता भई नसकेकाले सेवा सञ्चालन नगर्न निर्देशन दिईएको बताउनुभयो । उहाँका अनुसार अस्पताललाई तत्काल बन्द गर्न लगाई स्पष्टीकरण सोधिएको छ । तीन दिन भित्र लिखित स्पष्टीकरण दिन भनिएको उहाँले जानकारी दिनुभयो ।

    स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । सो अस्पतालले दर्ताको प्रक्रिया अगाडि बढाएको भए पनि बल मिच्याई गरेर बिरामी उपचार गर्दै आएको थियो । मंसिर पहिलो साताबाट बिरामी उपचार गर्दै आएको सो अस्पतालले शुरुमा मुटु रोगको विशेषज्ञ अस्पताल बनाउने भनि प्रचार गरेको भए पनि अहिले २५ शैयाको जनरल अस्पताल सञ्चालनको लागि अनुमती माग गरेको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा उक्त अस्पतालको अनुमति प्रक्रियामा रहेको छ ।

    अस्पतालका अध्यक्ष डा शंकर लौडारीले दर्ताको प्रक्रियामा रहेको र मौखिक रुपमा सञ्चालनको अनुमति पाएपछि अस्पताल सञ्चालनमा आएको स्वीकार्नुभयो । उहाँले सबै सेवा सञ्चालन गरी नसकेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.