सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमाको किरियामा गर्दै छोरी


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार १५:५४ 
  • चितवन, ३ पुस । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । सोह्र वर्षअघि पनि उहाँले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिनुभएको थियो । त्यसयता धेरै छोरीले बाबुआमाको किरिया गर्ने गरेका छन् ।

    छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसँगै आमाको किरिया बस्नुभएको हो । गत मङ्सिर २३ गते ८६ वर्षको उमेरमा आमा झगडी खरेल (पार्वती) को मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसँगै कोरामा बस्नुभएको हो ।

    समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यताअनुसार आफू किरिया बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबुआमाप्रति छोराछोरी दुवैको बराबर अधिकार र जिम्मेवारी रहन्छ ।”

    मीनाले आमाको शवको अन्तिम संस्कार गर्नुभयो, चितामा दागबत्ती दिनुभयो र सेतो कपडा लगाएर कोरामा बस्नुभएको छ । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले नदिए पनि मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्यु संस्कार गर्नुभयो । त्यसपछि हिन्दूसंस्कारअनुसार बाबुको श्राद्ध मीना आफैँले गर्दै आउनुभएको छ । पचपन्न वर्षीया अविवाहित मीनालाई यसपालि भने किरियामा बस्न परिवारले रोकेन ।

    पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजकिरिया गर्नु सकारात्मक पक्ष हो” अधिवक्ता फुलमाया रानाभाटले भन्नुभयोे, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।” भरतपुर महानगरपालिका–४ लकु घर भएकी स्व पार्वती खरेलका नौ छोरी र तीन छोरा हुनुहुन्छ । स्व खरेल आफैँ पनि सामाजिक अभियानमा तल्लीन हुनुहुन्थ्यो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.