सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको आधिकारिक निकायबाट दर्ता नगरी चितवनमा मुटु अस्पताल सञ्चालनमा


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार १२:३१ 
  • चितवन, ३ पुस । सरकारको आधिकारिक निकायबाट दर्ता नै नगरी यहाँ चितवन मुटु अस्पतालका नामबाट अस्पताल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. १० जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि हाल सञ्चालनमा आएको अस्पतालले सञ्चालनको अनुमति पाएको छैन ।

    स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका बरिष्ठ स्वास्थ्य प्रशासक अर्जुन सापकोटाले सो अस्पताल दर्ताको प्रक्रियामा रहेको तर दर्ता भई नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरु स्वीकृतिको चरणमा हुनुहुन्छ, अस्पताल व्यवस्थापनको काम गर्न मिल्छ, बिरामीको उपचार गर्न मिल्दैन ।”

    अस्पतालमा तिहार लगत्तैदेखि आकस्मिक सहितका सेवाहरु सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक महेश पाण्डेले मंसिरबाट सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रदेशले सञ्चालन गर्न पाईन्छ भनेपछि हामीले अस्पताल सञ्चालनमा ल्याएका हौं ।” पाण्डेले दर्ता भईसकेको दावी समेत गर्नुभयो ।

    अस्पतालका सञ्चालकले मुटु अस्पतालको स्वीकृति नपाएपछि २५ शैयाको जनरल अस्पतालको स्वीकृतिका लागि माग गरेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले सो अस्पताल दर्ताको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट दर्ताका लागि सिफारिस भएको छ ।

    न्यूजभित्तको प्रतिनिधि शुक्रबार बिहान सो अस्पताल पुग्दा आकस्मिक सेवामा बिरामीको जाँच भईरहेको थियो । त्यहाँ यस अघि उपचार गरेका बिरामी पुनः परीक्षणका लागि समेत आएका थिए ।

    मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारी मापदण्ड पूरा नै नगरी सेवा सञ्चालन गर्नुलाई गम्भीर लापरवाहीको रुपमा लिने गरिन्छ । केही दिन अघि मात्रै सरकारी अस्पताल वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र निजी स्तरको चितवन मेडिकल कलेजलाई कोरोना परीक्षणमा बढी शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले धरौटी लिएर मुद्दा चलाएको छ ।

    स्वास्थ्य मन्त्रालयको निर्देशिकामा एकै प्रकृतिको अस्पताल एकै ठाउँमा सञ्चालन गर्न नपाईने उल्लेख छ । तर उक्त अस्पताल चितवन मोडेल अस्पतालसँगै सञ्चालनमा ल्याईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.