सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार १२:१८ 
  • काठमाडौँ, ३ पुस । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल्क औषधि वितरण गरिएको सोवा रिग्पा एशोसिएशन नेपालका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले जानकारी दिनुभयो ।

    कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । हिमालयन गुगे अर्गनाइजेशनको आयोजनामा पाँच दिनसम्म सञ्चालित सो शिविरमा गिलिङ, गामी, दमकार, डि–सुर्खाङ, डे–टाँगे, छाराङ, मराङ, लो–तेर्सोक र घाँसाका वासिन्दा लाभान्वित भएका हुन् । शिविर आयोजनामा गण्डकी प्रदेशका सभासद्द्वय इन्द्र विष्ट र चन्दमोहन गौचन तथा गाविस अध्यक्ष राजु विष्टले समन्वयकारी भूमिका खेल्नुभएको थियो ।

    वडा नं १ का वडाध्यक्ष तासी डोन्डुप ठकुरी, वडा नं ३ का अध्यक्ष आम्ची सामतेन धाक्पा गुरुङ, वडा नं ४ का अध्यक्ष छिरिङ गोम्पो गुरुङ, वडा नं ५ का अध्यक्ष आम्ची छिरिङ छोडुप गुरुङ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छायालाल मोक्तोनले अहिलेको विषम परिस्थितिमा पनि विकट गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन भएकामा खुशी व्यक्त गर्नुभयो । सो अर्गनाइजेशनको आयोजनामा हरेक वर्ष यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको बताइएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.