सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार १२:०८ 
  • चितवन, ३ पुस । जिल्लाका चार पालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ । हालसम्म दुई वटा केन्द्र सञ्चालनमा आएका छन् भने थप दुई वटा सञ्चालनको तयारीमा छन् ।

    जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका प्रमुख डा कोपिला अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१४ स्थित शिवनगर र खैरहनी नगरपालिका–१२ स्थित कुमरोजमा केन्द्र सञ्चालनमा आइसकेका छन् । शनिबारबाट कालिका नगरपालिका–७ सगुनटोलमा सेवा केन्द्र सञ्चालनमा ल्याइने छ । केही दिनमै इच्छाकामना गाउँपालिकामा केन्द्र सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार एउटा केन्द्रमा एक जना वैद्य र एक जना थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ । केन्द्रले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसँगै तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, दुखाइको व्यवस्थापनजस्ता सेवा निःशुल्क दिनेछन् । त्यसैगरी योगप्रणायम गराइने उहाँले जानकारी दिनुभयो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र यसका मातहतमा आठवटा औषधालयले जिल्लामा सेवा दिइरहेका छन् । प्रमुख अधिकारीले अहिले सङ्घीय सरकारले देशभरका सबै पालिकामा एक/एक वटा आयुर्वेदसँग सम्बन्धित अस्पताल बनाउने नीतिअनुसार नभएका पालिकामा थप गरिएको हो ।

    जिल्लाको कालिका, खैरहनी र इच्छाकामनामा आयुर्वेदसम्बन्धी अस्पताल छैनन् । भरतपुर महानगरपालिका ठूलो भएकाले आयुर्वेदिक औषधालय भए पनि यहाँ केन्द्र थप गरिएको हो । यिनै केन्द्रलाई विस्तार गरी अस्पतालको रुपमा विकास गर्ने योजना सरकारको छ ।

    जिल्लामा गत वर्ष केन्द्र र औषधालयबाट ३० हजारले सेवा लिएका थिए । अधिकारीका अनुसार वाग्मती प्रदेशमा यो सबैभन्दा बढी हो । यी स्थानबाट एक वर्षमा रु ६० लाख हाराहारीको औषधि निःशुल्क वितरण गरिँदै आएको छ । बिरामीको आकर्षण बढी भए पनि दक्ष जनशक्ति भने कम रहेको छ । जिल्ला कार्यालय रहेको केन्द्रमा एक जना चिकित्सक दरबन्दी छ भने अन्य औषधालयमा कविराज, वैद्य र प्राविधिकको भरमा सञ्चालन गरिँदै आएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.