सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीमा भएका बिष्फोटमा ४ जनाको मृत्यु, नौ जना घाइते (ज्यान गुमाउने प्रज्वल शाहीको तस्विरसहित अपडेट)


  •    /१२ जेष्ठ २०७६, आईतवार २२:३० 
  • काठमाडौँ । राजधानी काठमाडौँमा आज छुट्टाछुट्टै तीन स्थानमा भएका बिष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिष्फोटमा कम्तीमा नौ जना घाइते भएका छन् ।

    आज दिउँसो घट्टेकुलो, सुकेधारा र चन्द्रगिरी नगरपालिकामा बम बिष्फोट भएको थियो । सुकेधारामा भएको बिष्फोटमा तीन जनाको र घट्टेकुलोमा भएको बिष्फोटमा एकजनाको मृत्यु भएको हो ।

    सुकेधाराको बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सो बिष्फोटमा छ जना घाइते छन् ।

    काठमाडौँको घट्टेकुलोमा आइतबार दिउँसो विस्फोट भएपछि घटनास्थलको अनुसन्धान गर्न पुगेका सुरक्षाकर्मी । तस्बिर : नारायण ढुङ्गाना/रासस

    त्यसैगरि, घट्टेकुलो एउटा घरको माथिल्लो तलामा विद्यार्थीको डेरामा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ । विस्फोटमा मृत्यु हुने विद्यार्थी प्रज्वल शाही रहेका छन् । सोही बिष्फोटमा परि अर्का रविन केसी घाइते भएका छन् । केसीको खुट्टामा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घाइते केसी नेकपा विप्लव समूह निकटको अखिल क्रान्तिकारी त्रिचन्द्र कलेजका इकाई अध्यक्ष रहेका जनाएको छ ।

    घट्टेकुलोमा भएको बिष्फोटमा ज्यान गुमाउने प्रज्वल शाही । तस्विर : पत्रकार दिया चन्दको फेसबुक वालबाट ।

    त्यसैगरि, चन्द्रागिरी नगरपालिका वडा नम्वर ३, इँटाभट्टा चोकमा प्रेसर कुकर बम बोकेर हिंडेका आकाश लामा सोही बम बिष्फोट हुँदा घाइते भएका छन् । बिष्फोटमा अर्का एकजना पनि घाइते भएका छन् । विष्फोटका घाइतेहरुको वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

    सुकेधारामा भएको विस्फोटमा घाइते भएकालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिदै । तस्विर : रोशन सापकोटा/रासस

    सुकेधारामा भएको बिष्फोटमा घाइते भएका नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले प्रेसर कुकर बम बनाउने क्रममा बिष्फोट भएको बयान दिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभएको छ । तिनै ठाउँका बिष्फोट नेकपा विप्लब समूहका कार्यकर्ताले बम बनाउने क्रममा भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाई छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.