सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माण थालिएको अस्पताललाई वजेट अभाव


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार १०:४३ 
  • चितवन पौष,०३ । चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा निर्माण थालिएको अस्पताललाई वजेट अभाव भएको छ । गाउँपालिकाको वडा नम्बर ४ कुरीनटारमा अस्पताल निर्माण थालिएको छ ।

    गाउँपालिका अध्यक्ष गिता गुरुङका अनुसार संघिय सरकारबाट सहयोग हुने अपेक्षा सहित अस्पताल भवन निर्माण सुरु गरिएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले रु ७० लाख अस्पतालका लागि वजेट विनियोजन गरेको छ । वजेट पाएमा अर्को वर्ष अस्पताल वनिसक्छ । गुरुङ्ले भन्नुभयो “सुबिधा सम्पन्न २५ शैयाको अस्पताल सम्पन्न गर्न रु १० करोड खर्च हुन्छ ।”

    सरकारले तीन सय ९६ पालिकामा एकै दिन अस्पतालहरु शिलन्यास गर्दा आफ्नो गाउँपालिका त्यसमा नपरेकोमा दुःख प्रकट गर्दै संघिय सरकारले वजेट दिनेमा आँफु आसाबादी रहेको गुरुङको भनाई छ । उहाँका अनुसार यस अस्पतालले इच्छाकामना गाउँपालिका सहित गोर्खाको गण्डकी र शहिद लखन गाउँपालिका, तनहुँको खैरहनी गाउँपालिका र धादिङको रोलाङ् गाउँपालिकाका जनतालाई सेवा दिन सक्छ । इच्छाकामना गाउँपालिकामा २७ हजार जनसंख्या रहेका छन् । जस मध्ये ११ हजार चेपाङ छन् । यसको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा रहेको छ ।

    राजधानी काठमाडौं भित्रने र वाहिरने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड यसै क्षेत्रमा भएकाले सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न सक्ने गरि अस्पताल बनाउन लागिएको गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस क्षेत्रमा सुबिधा सम्पन्न अस्पतालको आबश्यक छ ।” यहाँका सर्वसाधारण उपचारका लागि भरतपुर, काठमाडौं र पोखरा जान बाध्य रहेका छन् ।

    सो गाउँपालिकाबाट सदरमुकाम भरतपुर पुग्नका लगि ६० किलोमिटर सम्म यात्रा गर्नुपर्ने हुन्छ । गाउँपालिकामा हाल चारवटा वर्थीङ सेन्टर र सातवटा स्वास्थ्य चौकी संञ्चालनमा रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निती, योजना, अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले यस वर्ष शिलन्यास नभएका पालिकाहरुमा अर्को वर्ष अस्पताल थालिने वताउनुभयो । उहाँले भन्नुभयो “सरकारले सबै पालिकामा पाँच वर्ष भित्रमा अस्पताल वनाई सक्ने लक्ष्य लिएको छ ।” इच्छाकामना गाउँपालिकामा अस्पताल वनाउन आगामी वर्ष वजेट विनियोजन गर्न सकीने उहाँले जानकारी दिनुभयो । आबश्यक प्रकृया गाउँपालिकाले पुरा गर्नु पर्ने उहाँको भनाई छ । जिल्लामा सातवटा पालिका रहेका छन् । जसमा एउटा महानगरपालिका, पाँचवटा नगरपालिका र एउटा गाउँपालिका हुन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.