सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीमा श्रृंखलाबद्ध बिस्फोट, चार जनाको मृत्यु, आठ घाईते (अपटेड)


  •    /१२ जेष्ठ २०७६, आईतवार १७:४३ 
  • काठमाण्डौं । प्रतिबन्धित नेकपा विप्लव समूहले आव्हान गरेको नेपाल बन्दको अघिल्लो दिन आईतबार राजधानी काठमाण्डौंमा श्रृंखलाबद्ध बिस्फोट भएका छन् । राजधानीका तीन ठाउँमा भएको बिस्फोटमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाईते भएका छन् । काठमाण्डौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा बम विस्फोट भएको हो ।

    सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीले जनाएको छ । बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

    सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही बयान दिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो । सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

    सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् । अर्का एकको पहिचान खुलेको छैन । विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राखेर विप्लव समूहले आतंकित बनाएको छ ।

     

    काठमाण्डौंका दुई ठाउँमा सिलिण्डर विस्फोट : कम्तीमा दुई जनाको मृत्यु, सात घाईते

    काठमाडौं ।
    काठमाण्डौंका दुई स्थानमा आईतबार ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । काठमाण्डौंका सुकेधारा र अनामनगर घट्टेकुलोमा सिलिण्डर विस्फोट भएको हो ।

    प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत हो ।
    सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पु¥याइएको छ । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । मृतकको संख्या बढ्न सक्ने बताईएको छ । बिस्फोट कसले गराएको हो भन्ने पुष्टि हुन सकेको छैन । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.