सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई बोलाइयो


  •    न्युजभित्तो/२ पुष २०७७, बिहीबार १३:२६ 
  • काठमाडौं, २ पुस । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

    शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । तर अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि नै बोलाइएको सभापति शाहले बताए ।

    २०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर कानुनी प्रावधानविपरीत अनुभवहीन कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै विरोध भएको थियो ।

    तर सम्झौताबमोजिम स्वास्थ्य सामाग्री नेपाल नल्याउँदै सरकारले एकतर्फी रुपमा खरिद सम्झौता भंग भएको घोषणा गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.