सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोट


  •    न्युजभित्तो/२ पुष २०७७, बिहीबार ११:१४ 
  • काठमाडौं, २ पुस । सरकारले आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले एक आशयपत्र जारी गर्दै परामर्शदाता छान्न प्रक्रिया अघि बढाएको हो ।

    प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्याटेलाइट खरिद प्रक्रिया अघि बढ्नुअघि त्यसको प्राविधिक र व्यवसायिक पाटोबारे अध्ययन गर्न परामर्शदाता छान्न लागिएको बताउँछन् ।

    अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)ले नेपाललाई स्याटेलाइटका लागि अन्तरिक्षमा ५० डिग्री र १२३.३ डिग्री पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ छुट्याएको छ । त्यो स्लट र डिग्री नेपालको लागि कति उपयुक्त छ भन्ने विस्तृत अध्ययन हुन बाँकी छ । अब परामर्शदाता कम्पनी छानेर अर्बिटल स्लटबारे पनि अध्ययन गर्ने सरकारी योजना छ ।

    स्याटेलाइटको प्राविधिक पक्ष, लगानी, बजार, बिजनेस मोडालिटी, प्रतिफलको सम्भावना लगायतका विषय अध्ययन गर्न केही दिनभित्रै परामर्शदाता छान्न अर्को बोलपत्र आहृवान गर्ने प्राधिकरणका निर्देशक अर्याल बताउँछन् ।

    सरकारले स्याटेलाइट खरिदका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय आशयपत्र रद्ध गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २० असोज २०७३ मा आहृवान गरेको आशयपत्र अघिल्लो सोमबार रद्ध गरेको थियो ।

    फ्रान्सेली कम्पनी थेल्स एलेनिया स्पेससँग स्याटेलाइट खरिदको लागि सरकारीस्तर (जीटूजी) मा भएको लेटर अफ एक्सचेन्ज (एलोओई) भने रद्ध भएको छैन । खुला प्रतिस्पर्धाको रद्ध भएपछि थेल्ससँगको विवादित खरिद प्रक्रिया अघि बढाउने बाटो भने खुला छ ।

    २०७५ फागुनमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले आशयपत्रको प्रक्रिया रद्ध नगरी फ्रान्सेली कम्पनीसँग ‘जीटूजी मोडल’मा स्याटेलाइट किन्ने प्रक्रिया अघि बढाएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि उनी राजीनामा दिन बाध्य भए ।

    बास्कोटा हटेपछि स्याटेलाइट खरिदको प्रक्रिया अलमलमा थियो । उनीपछिका सञ्चारमन्त्री डा। युवराज खतिवडाले सबै ठूला खरिदको प्रक्रिया खुला प्रतिस्पर्धाबाट हुने घोषणा गरेका थिए । खतिवडापछिका सञ्चारमन्त्री पार्वत गुरुङले भने यसबारे मुख खोलेका छैनन् ।

    मन्त्रालयका अधिकारीहरु पनि थेल्ससँगको एलओईबारे नयाँ निर्णय गर्नुपर्ने पक्षमा छन् । तर, थेल्सको नेपाली एजेन्ट यति समूह भएकाले सो एलओई निस्त्रिmय रहेको तर्क गर्दै मन्त्रालय र प्राधिकरणको नेतृत्व यसबाट पन्छिँदै आएको छ ।

    भू-उपग्रह (स्याटेलाइट) नीति- २०७६ अनुसार परामर्शदाता छनोटको प्रक्रिया अघि बढेको प्राधिकरणले बताएको छ ।

    सरकारले गत वर्ष सोही विवादित सरकारी स्तरको खरिद प्रक्रियालाई बाटो खोल्ने गरी गत असार २ गते नीति पारित गरेको थियो ।

    सरकारले पारित गरेको स्याटेलाइट नीतिमा स्याटेलाइट स्थापना, प्रक्षेपण, व्यवस्थापन तथा नियन्त्रण केन्ऽ सञ्चालन कार्य आवश्यकताका आधारमा विदेशी सरकारी वा अन्तर्राष्ट्रिय संघ-संस्था तथा कम्पनीसँग साझेदारी गर्न सकिने उल्लेख छ । स्याटेलाइट खरिद प्रक्रिया खुला प्रतिस्पर्धाका आधारमा हुने व्यवस्था भने नीतिमा छैन ।

    त्यसैले अहिले फ्रान्सेली कम्पनीसँगको विवादित प्रक्रिया नै अघि बढाउन प्राधिकरणले नयाँ कदम चालेको हुनसक्ने आशंका संचार मन्त्रालयका अधिकारीहरु गर्छन् ।

    स्याटेलाइट स्थापनाका लागि गैर सरकारी स्रोत र ग्रामीण दूरसञ्चार विकास कोषको रकम समेत परिचालन गर्ने नीतिमा उल्लेख छ । नीतिले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट भएपछि नेपाली कम्पनीहरुले नेपालको स्याटेलाइट क्षमता अपुग भए मात्र अरु स्याटेलाइट प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

    विज्ञहरुले यस्तो नीतिमार्फत विदेशी कम्पनीलाई महंगोमा परियोजना सुम्पिएर लामो समय एकाधिकार दिलाउन खोजेको आशंका गर्दै आएका छन् ।

    सञ्चारमन्त्रालय स्रोतका अनुसार फ्रान्सेली कम्पनीसँग स्याटेलाइट किन्दा २० अर्बदेखि २२ अर्ब रुपैयाँसम्म खर्च हुन्छ । प्रतिस्पर्धाबाट खरिद गरे १२ अर्बभित्रै स्याटेलाइट परियोजना सम्पन्न हुने कतिपयको दावी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    • बेलौरीमा हाटबजार पुनः सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.