सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानन्यायाधीश संवैधानिक परिषद बैठकमा जान मिल्दैन : राधेश्याम अधिकारी


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार १६:१८ 
  • काठमाडौं, १ पुस । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अध्यादेशसम्बन्धी रिट सर्वोच्च अदालतमा पुगेकाले संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी हुन नमिल्ने बताएका छन् ।

    सरकारले मंगलबार अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसविरुद्ध कानुन व्यवसायीले तीन वटा रिट लिएर सर्वोच्च अदालत पुगेका छन्, जसमध्ये ओमप्रकाश अर्यालको रिट दर्ता भएको छ ।

    राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता अधिकारीले भने दर्ता भएको रिटको छिनोफानो नभएसम्म संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश जबरा सहभागी हुन नमिल्ने बताए ।

    ‘सर्वोच्च अदालतको प्रधानन्याधीशको हैसियतमा उहाँले बेञ्च तोक्नुपर्छ, उहाँले न्यायाधीश तोक्नुपर्छ । आफू समेत बसेर निर्णय गर्नुपर्ने हुन्छ’ उनले भने, ‘अब मुद्दा विचाराधीनमा आइसक्यो । थाहा पाइन, मुद्दा मेरो जानकारीमा छैन, बैठकमा बस्छु भन्नुभयो भने उहाँको स्वार्थ बाझिन्छ ।’

    अधिकारीले अघि भने, ‘भोलि प्रधानन्यायाधीशको हैसियतमा काम गर्छु भन्नुहुन्छ भने बैठकमा बस्नुभएन ।’ प्रधानन्यायाधीशले सर्वोच्चमा रिट निवेदन परेकाले संवैधानिक परिषदको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराउनुपर्ने उनले बताए । यदि अदालतमा निवेदन परेको जान्दाजान्दै परिषदको बैठकमा गए प्रधानन्यायाधीशको हैसियतमा काम नगर्न नहुने अधिकारीको भनाइ छ ।

    उनले अघि भने, ‘अदालतमा यस्तो निवेदन पर्‍यो,। म त्यहाँ आउन असमर्थ छु भन्नुबाहेक प्रधानन्यायाधीशसँग विकल्प देख्दिन । यदि जान्दाजान्दै पनि प्रधानन्यायाधीश त्यहाँ जानुहुन्छ भने उहाँले प्रधानन्यायाधीशको हैसियतमा काम गर्नुभएन । विदा लिएर बस्नुपर्‍यो । यो निर्णय नहुन्जेलसम्म उहाँ विदा लिएर बस्न तयार हुनुपर्छ ।’

    यदि बैठकमा भाग लिने र सर्वोच्चमा पनि काम कारबाही गरिरहने हो भने प्रधानन्यायाधीशको काम कर्तव्यमाथि प्रश्न उठ्ने उनले बताए । ‘सरकारले अध्यादेश ल्यायो, राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छ । त्यसकारण म गएँ भन्ने शंकाको लाभ हिजोसम्म लिन सकिन्थ्यो’ अधिकारीले भने, तर परिस्थिति बदलियो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.