सरकार र उखु किसान विच भएको ५ बुदें सम्झौता तुरुन्त कार्यान्वयन गर्न माग
न्युजभित्तो/१ पुष २०७७, बुधबार १५:५०
चितवन, १ पुस । सरकार र उखु किसान विच भएको ५ बुदें सम्झौता तुरुन्त कार्यान्वयन गर्न माग गर्दै राष्ट्रिय कृषि श्रमिक संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । आज (बुधबार) संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई पत्र ज्ञापन बुझाएको हो ।
संघले कृषिमा आधुनिक र व्यवसायिक नभएसम्म कृषि क्षेत्र आत्मनिर्भर र उन्नत बन्न नसक्ने जनाएको छ । संघका अध्यक्ष लक्ष्मीकान्त कडेंलको हस्ताक्षर भएको विज्ञप्तीमा गत वर्ष पौष १८ गते सरकार र उखु किसान विच भएको सम्झौतालाई सरकारले ईमान्दारीका साथ कार्यान्वयन नगरेको हुदाँ पुन आन्दोलित हुन पुगेको उल्लेख गरिएको छ ।
संघले सम्झौता साथै देशभर कृषि मल र विउ जस्ता चिजहरु उचित समयमा नै सुलभ रुपमा उपलब्ध गराउन माग राखेको छ । त्यस्तै सरकारले धान खरिद गरी उचित व्यवस्थापन गर्न र किसानका सम्पुर्ण कृषि उत्पादनहरु उचित मुल्य निर्धारण गरी खरिद गर्न माग गरेका छन् ।
यस्तै सर्वसुलभ कृषि ऋणको व्यवस्था गर्न, कृषि क्षेत्रमा दिएको अन्ुदान वास्तविक र सिमान्तकृत किसानहरुको पहुँचमा पु¥याउन संघले माग गरेका छन् ।