भरतपुर । बिरामीको चापलाई ध्यानमा राखेर भरतपुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडि टिकट खुल्ला गर्ने भएको छ । अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले आईतबार एक सूचना प्रकाशित गरी जेठ १३ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरिएको हो ।
अस्पतालका सूचनाअधिकारी गोपाल पौडेलका अनुसार यस अघि बिहान ९ बजेदेखि खुल्ला गरिंदै आएको टिकटलाई ८ बजेदेखि नै खुल्ला हुने गरी व्यवस्था गरिएको हो । दिउँसो १ बजेसम्म टिकट खुल्ला रहने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । ८ बजे टिकट खुल्ला गरिए पनि बिरामी चेकजाँच भने ९ बजेबाट नै शुरु हुनेछ ।
भरतपुर ।
बिरामीको चापलाई ध्यानमा राखेर भरतपुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडि टिकट खुल्ला गर्ने भएको छ । अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले आईतबार एक सूचना प्रकाशित गरी जेठ १३ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरिएको हो ।