सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा बालिका आश्रम बन्दै


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार १३:२८ 
  • भरतपुर, १ पुस । देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ । रु पाँच करोडमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् ।

    भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २० लाख, वाग्मती प्रदेशबाट २० लाख र वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेका छन् । प्रतिष्ठानका महासचिव रामेश्वरप्रसाद खनालले भवनमा कन्या गुरुकुलम सञ्चालन गरिने लक्ष्य रहेको बताउनुभयो ।

    उहाँका अनुसार १०८ जनालाई आवासीय रुपमा गुरुकुल शिक्षा दिने योजना रहेको छ । ‘वेद, भागवत, शास्त्रको ज्ञाता र संस्कारसहितको शिक्षा दिन भवन सहयोगी हुनेछ’, उहाँले भन्नुभयो,“स्रोत जुटेमा भवनको सबै संरचना छिट्टै बनाइनेछ ।”उहाँले यो वर्ष भवनको पहिलो तला निर्माण सक्ने लक्ष्य रहेको बताउनुभयो । रामजानकी बालिका आश्रममा हाल ३२ जनाले आवासीय सुविधा लिएका छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ बालिकालाई परिवारको खोजी गरी परिवारमा पुनःस्थापना गरिएको बताउनुभयो ।

    आश्रममा १५० भन्दा धेरै दैनिक भोजन गराउने अभिभावकका रुपमा सूचीकृत भइसकेका छन् । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गरेको टण्डनले बताउनुभयो । आश्रममा २१ जिल्लाका बालिका आश्रित छन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.