सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार १२:२३ 
  • विराटनगर, १ पुस । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो ।

    सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

    पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा। दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

    मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.