सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक अभाव हुँदा सल्यान अस्पतालमा स्वाब थन्कियो


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार ११:१७ 
  • सल्यान, १ पुस । स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ । सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन अर्थाभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो ।

    कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो । स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको पुनको भनाइ छ ।

    “एउटा गाडीले सुर्खेतसम्म पुगेको रु सात हजार ५०० लिन्छ तर संस्थाले रु सात हजार मात्र पठाउने गर्छ । थप पैसा उपलब्ध हुन नसकेपछि एक हप्ता अगाडिदेखि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ”, पुनले भन्नुभयो ।

    स्वाब सङ्कलन गरेर पनि पिसीआर रिपोर्ट नआउँदा स्थानीयवासी समस्यामा पर्न थालेका छन् । “स्वाब दिएको एक हप्ता भइसक्यो, होमआइसोलेसनमा छु, स्वाब दिएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआउँदा कामकाज गर्न समस्या भयो”, पत्रकार सरिता चलाउनेले बताउनुभयो ।

    कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएर स्वाब दिएको एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआउँदा मानसिक तनावसमेत हुन थालेको स्वाब दिएकाहरुले बताउन थालेका छन् । “कोरोना सङ्क्रमण भएको १४ दिनमा निको हुन्छ भन्ने छ तर स्वाब दिएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि किन परीक्षण गराउने”, स्वाब दिएका एक स्थानीयवासीले भन्नुभयो ।

    सङ्कलन गरिएको स्वाब कहिलेसम्म पठाउने भन्ने यकिन नभएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा समेत गाडी भएको तर निकै पुरानो भएकाले समस्या भएको छ । कतिपय स्थानीय तहहरुसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै लक्षण देखिएमा मात्र स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय तहहरुले समेत स्वाब सङ्कलन गर्न छाडेका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.