सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विवादकाबीच नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार ११:०८ 
  • काठमाडौं, १ पुष । विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्नेछ ।

    नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्यादेश र त्यसलाई प्रमाणित गर्ने राष्ट्पतिको भुमिकाको विषयमा समेत नेताहरुले प्रश्न उठाउने तयारी गरेका छन् । दुई अध्यक्ष ओली र प्रचण्डले एकअर्काप्रति आरोप प्रत्यारोपसहित पेश गरेका फरकफरक प्रतिवेदनमा छलफल गर्ने पूर्वनिर्धारित कार्यसूची निर्धारणभएपनि सरकारले अप्रत्यासित अध्यादेश ल्याएपछि सत्तारुढ दलको बैठकमा यो विषय प्रमुख बन्न पुग्ने भएको हो ।

    पार्टीको बैठक जारी रहेको तथा जनप्रतिनिधिको सर्वोच्च संस्था संसद बैठक समेत बोलाउने समय नजिकिएका बेला मन्त्रिपरिषद्मा समेत छलफल नगरी अध्यादेश ल्याएकोमा नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्रीको कदमप्रति आक्रोश व्यक्त गर्दै खारेज गर्न माग गरिसकेका छन् । आजको बैठकमा पनि नेताहरुले यही माग दोहोर्याउने निश्चित छ । यस्तो अवस्थामा ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता नजनाए नेकपा विधिवतरुपमा विभाजनतर्फ धकेलिने निश्चित छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.