सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कोषको रकम , केमा भइरहेको छ खर्च ?


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १६:१३ 
  • ३० मंसिर, काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ ।

    महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७र७८ को मंसिर १५ सम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।

    यो वर्ष कोषमा आम्दानी भने न्यून छ । ५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६र७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो ।

    यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

    सरकारले गत चैतमा यो कोष खोली रकम जम्मा गर्न आहृवान गरेको थियो । कोषमा अधिकांश सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाबाट रकम सहयोग भएको छ ।

    केमा भइरहेको छ खर्च ?

    महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष संचालक समितिका कुल चार वटा बैठकबाट कोरोना कोषको रकम उपयोग गर्ने निर्णय भएको छ । त्यसबाट विभिन्न अस्पतालहरुमा पूर्वाधार थप तथा उपकरण खरीदमा रकम निकासा गर्ने निर्णय भएको छ ।

    क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा समेत कोषबाट रकम खर्च भएको छ । संचालक समितिको पछिल्लो बैठक २३ कात्तिकमा बसेको थियो ।

    उक्त बैठकले आयुर्वेद चिकित्सालय नरदेविलाई एक करोड रुपैयाँ दिएको थियो । एपीएफ अस्पतालका लागि २५ लाख र धादिङ हस्पतालमा पिसिआर मेसिन संचालन गर्न १ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको थियो ।

    सोही बैठकले अब कोषमा रकम अपर्याप्त हुँदै गएको भन्दै प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन माग गर्ने निर्णय गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सो निर्णय कार्यान्वयनमा भने गइसकेको छैन ।

    कोरोना कोषको रकम (रुपैयाँ)
    गत आवबाट चालु आवमा सरेको रु १३५५९१५२०९
    चालु आवको आम्दानी रु ४३२३४८११४
    कुल आम्दानी रु १७८८२६३३२४
    चालु आवको खर्च रु १४०३७८४९००
    बाँकी रु ३८४४७८४२४

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.